CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

गण्डकी प्रदेशको प्रचार चिनको युनानले गर्ने

Pheta Chhath Shubhakamana
1,069
Bara Gadhi Notice winter


मंसिर १०
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चीनको युनान प्रान्तका गभर्नर
रुआन छेङफाबीच भेटवार्ता भएको छ।

पोखरामा भएको भेटमा दुई पक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको
मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले जानकारी दिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८

भेटमा सुरुवातमा मुख्यमन्त्री गुरुङ प्रदेशको भौगिलिक, सास्कृतिक र प्रसिद्ध स्थानबारे जानकारी
गराएका थिए। उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युत्‍को सम्भावनायुक्त प्रदेश भएकोले यसमा
युनान प्रान्तसंग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

Karaiya Mai Notice Winter

बूढीगण्डकी, कालीगण्डकी जस्ता जलविद्युतका सम्भावनायुक्त नदीहरू प्रदेशमा रहेको जानकारी गराउँदै
उनले यसमा लगानी गर्न गभर्नरसहितको टिमलाई आग्रह गरेका थिए। साथै गण्डकी प्रदेशले सन्
२०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै चीन र विशेष युनान प्रान्तले
प्रचार प्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गरे। जवाफमा गभर्नर छङफाले युनान प्रान्त पनि
जलविद्युत्‍को धनी प्रान्त भएकोले यसमा सहयोग र सहकार्यका लागि आफूहरू तयार बताए।

जलविद्युत प्रमुखसहित आफू नेपाल भ्रमणका आएको बताउँदै उनले जलविद्युत क्षेत्रमा चीन सरकार र
आफ्नो प्रान्तले सहयोग गर्ने बताए। युनान प्रान्तमा गत वर्ष करिब एक अर्ब पर्यटकले भ्रमण गरेको दृष्टान्त
दिँदै उनले नेपाल र गण्डकी प्रदेशको प्रचारप्रसार सहयोग गर्ने वचन दिएका थिए। उनले पोखरा सहर युनानबासीका
लागि निकै मनपर्ने सहर भएको बताउँदै आफू पोखरा आउन पाउँदा निकै खुसी लागेको बताएका थिए।
भेटमा मुख्यमन्त्री गुरुङले प्रदेशमा चीनसंग जोड्ने तीनवटा नाका भएको जानकारी कोरला नाका खोल्ने
विषयमा हालै भएको चिनिया राष्ट्रपति भ्रमणको क्रममा सहमति भएको बताए।

उनले यो नाका खुल्ला गरिएको चीनसँग व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरे। जवाफमा गभर्नरले चाडै
नाका खुल्ने विश्वास व्यक्त गरे। मितेर साइनो गास्ने समझदारी युनान प्रान्त गभर्नर छेङफाले दुई प्रदेशबीच
मितेरी सम्वन्ध बनाएर अगाडि बढ्न आफूहरू इच्छुक रहेको प्रस्ताव राखेका थिए। मितेरी साइनो गासेर
अगाडि बढ्दा धेरै विषयमा सहयोग आदान प्रदान गर्न र अनुभव साट्न सहज हुने बताएका थिए।

दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिबीच छलफल गराएर यसलाई अगामी दिनमा मितेरी सम्वन्धका
लागि आधार बनाउन सकिने चिनियाँ पक्षले राखेको थियो। जवाफमा मुख्यमन्त्री गुरुङले दुवै प्रदेशको
भौगोलिक बनावट एकै प्रकारको भएकाले विभिन्न विषयमा अनुभव आदान प्रदान गर्न सकिने भएकोले
यसमा गण्डकी प्रदेश सकारात्मक भएको बताएका थिए।

Baiju sah