CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

११ बर्षीया लक्ष्मीको काँधमा दुधे बालक, एउटै घरका चार जनाको मृत्यु

फेटा GP PSA
497
सिम्रौन्गढ़ नपा psa


कुलदिप विक डेढ बर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते ।

टाउको ओत्ने घर छैन् । साहुको बन्धकीमा जमिन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अहिले ११ बर्षीया लक्ष्मीको काँधमा डेढ बर्षीय दुधे भाई र १० बर्षकी बहिनी छन् । बुबा मीन बहादुर विक गत बैशाख बिते । गत भदौमा आमाको पनि मृत्यु भएपछि बालबालिका बिचल्लीमा परेका छन् । उनीहरुको घर मदाने गाउँपालिका ५ मलागिरी हो । लक्ष्मीसंग १० बर्षकी बहिनी मोनिका र भाई छन् । लक्ष्मी र मोनिकाको उमेर स्कुल जाने छ । तर अक्षर चिन्दैनन् । ‘इण्डियामा कहिलेकाँही स्कुल जान्थे, रहर भएर के गर्ने सानो भाइ कसले हेर्ने,’उनले भनिन,‘खानकै समस्या छ ।’ बिरामी र दुधे बालक भएकाले हुर्काउन निकै मुस्किल परेको लक्ष्मीकी साइँली आमा सुन्तली विकले बताइन् । ‘विपन्न दलित गाउँ भएकाले सवैका आफनै पीडा छन्,’उनले भनिन,‘आमाको दुध पनि राम्रोसंग पाएन, गाउँमा भैसीकै दुध पनि पाउन मुस्किल छ ।’

चार महिनाको फरकमा बुबाआमाको मृत्यु

Karaiya Mai Notice Winter

विक परिवारको घटना अचम्मको छ । मीन बहादुर विक भारतमा मजदुरी गर्थे । सवै परिवारसंगै थिए । छोरा जन्मिएपछि श्रीमती जुठी बेसरी थला परिन् । आमाछोरा ६ महिना अस्पतालमा भर्ना भएकाले मीन बहादुरलाई त्यो खर्च थेग्न मुस्किल प¥यो । त्यहि खर्च जोहो गर्दै हिडिरहेकै बेला मीन बहादुरको एक्कासी मृत्यु भएको छिमेकी सुन्तली विकले बताइन् । छिमेकी खीम बहादुर विकले उनको क्रिया कर्म गरे । आर्थिक अवस्था नभएपछि श्रीमती जुठी थला परेको ज्यानसहित छोराछोरी बोकेर गत असारमा घर आइन् । उनको माइत मदाने गाउँपालिका ६ पुर्कोटदहमा हो । उनी त्यहि बस्दै आएकी थिइन् । संयोज भदौमा उनको पनि मृत्यु भयो । त्यसयता बालबालिका अभिभावक बिहिन भएका छन् । अहिले तीन महिनादेखि तीन जना बालबालिका छिमेकीहरुको आश्रय लिएको बसेको वडाध्यक्ष हिमाल खड्काले बताए ।

गाडीको ठक्करबाट दाजु बहिनीकै मृत्यु

मीन बहादुर विकका पाँच जना छोराछोरी हुन् । सवै जना भारतमा संगै थिए । दुई छोराछोरीको गाडीको ठक्करबाट ज्यान गयो । १४ बर्षीया अस्मिता विकको ६ बर्ष अघि भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भयो । छोरी मरेकी चोट सेलाएको थिएन । कमाउन थालेका २१ बर्षका छोरा सुर्य विकलाई पनि तीन बर्ष अघि गाडीले ठक्कर दियो । त्यो कारणले पनि मीन बहादुर र उनी श्रीमती मानसिक रुपमा विक्षिप्त हुँदै आएका थिए । अहिले उनीहरुको पनि मृत्यु भएपछि बालबालिका अभिभावक बिहिन भएको वडाध्यक्ष खडकाले बताए ।

क्षतिपूर्तिका पाउने आश

मीन बहादुरकी छोरी अस्मिताको भारतका गाडीले ठक्कर दिएपछि पाँच लाख क्षतिपूर्ति पाएक थिए । त्यो मीन बहादुरलेनै निकालेर खर्च गरेको आफन्त बताउँछन् । संयोग २१ बर्षीय छोरा सुर्य विकको पनि गाडीले ठक्कर दिएर मृत्यु भयो । क्षतिपूर्ति स्वरुप ३२ लाख पाउने सोहि ठाउँका फुर्से विकले बताए । त्यसको लागि कागज पत्र समेत मावलीहरुसंग छन् । तर भारतमा त्यो प्रक्रिया पुरा गरेर पैसा ल्याउने आफन्त नभएकाले समस्या भएको छिमेकी दुजमान खड्काले बताए । उनले त्यो पैसा बालबालिकाले पाउनेनै भए जीविकोपार्जनमा सहज हुने खड्काले बताए । बालबालिका सानै भएकाले ती बालबालिका लगेर नगएसम्म भुक्तानी प्रक्रियानै नहुने भएकाले समस्या परेको छ । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले प्रक्रिया मिलाउन आउने जाने व्यावस्था सहित विचल्लीमा परेका बालबालिकालाई कुनै संघ–संस्थामा संरक्षणको पहल गर्ने बताए । त्यस्तै गाउँपालिका उपप्रमुख सरिता खड्काले बालबालिकालाई नयाँ कुनै संरक्षण गर्ने उपाय नभए
आफुले जिम्मा लिएर अध्ययन गराइदिने बताइन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश