CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जावेदको आत्म हत्या नभई हत्या भएको बुबा शानीको आरोप

फेटा GP PSA
1,043
सिम्रौन्गढ़ नपा psa

कलैया १० मंसिर

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वाशिरा निवासी महम्द शानी देवानले छोरा जावेदको आत्म हत्या नभई कर्तब्य गरि मारेर आत्म हत्या देखाउने काम भएको दावी गरेका छन्।  छोरालाई अन्यत्र नै मारी कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित मोतिवागमा रहेको डेरामा घाटीमा पासो लगाई आत्म हत्या गरी मरेको भनी देखाउनलाई कार्तिक २८ गते राती नै कोठामा राखेको हाम्रो बुझाई रहेको देवानले भने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पासो लगाई आत्म हत्या गर्दा घाटी टाईट हुन्छ तर छोरा जावेदको लासको प्रकृति हेर्दा घाटी झुलेको अवस्थामा रहेको थियो भने पंखामा गमछा बेसरी टाईट गरि बाधिएको थियो र घाटीमा ढिला रुपमा बाधेको हुदा पनि आफुलाई निकै शंका उब्जीएको देवानले बताए । कोठामा रहेको खाट भन्दा अढाई ईन्च मात्र जावेदकोे खुटा अग्लो रहेको तथा कोठामा रहेको समानहरु यत्र तत्र नछिटिएको हुदा पनि त्यसमा शंका गर्ने ठाँउ रहेको उनको कथन रहेको छ ।

Karaiya Mai Notice Winter

जावेदले आफनो मोबाईल नम्बर ९८११२५७३२८ बाट आफनो सहपाटीलाई बेलुका ७ बजेर १६ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म एसम एस गरि म न्या उलझनमा परेको छु र अहिले उनको बुबा संग छु भनेर पटक पटक एसम एस गरेको अनि त्यसपछि मोबाईलको कनेक्सन कटेको मृतक जावेदका बुबा शानी देवानले बताए । उनका अनुसार छोरालाई खोज्न बिहीबार स्कुलमा समेत केहि ब्यतिmहरु आएको थियो ।

कार्तिक २९ गते श्री ३ चन्द्र माबिको दक्षिण तर्फ रहेको एक कोठामा चुकुल लगाएको अवस्थामा घाटीमा पासो सहित मृतक छोरा जावेदलाई प्रहरीले फेला पारेपछि मात्र मलाई जानकारी गराएको थियो उनले भने । घटना घटेको करिब ११ दिन भईसकेपनि घटना जुन हिसावले छानबिन हुनु पर्ने हो त्यो तवरबाट छानबिन गर्नका लागि प्रहरीले चासो नदेखाएको पिडित देवानले आरोप लगाए ।

कलैया स्थित रहेको ईनरनेशनल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यक्षरतm १९ बर्षिय जावेद पढाईमा अवल रहेका थिए । सधै हाँसी रहने कुनै कुराको उलझन आउदा सहज हिसावले हल गर्ने साहसी र निडर स्वाभावका रहेको हुदा हिम्मत हार्ने हिसावले कहिलेपनि कुनै काम नगरेको बिधालयका प्रिन्सीपल सुसिल अधिकारीले बताए ।

खेलमा निकै रुची राख्थे अर्का प्रिन्सीपल बसन्त घिमिरेले जानकारी दिए । यता घटना बारे सुक्षम रुपमा अनुसंन्धान भईरहेको र भिसराको रिपोर्ट आए पछि मात्र आत्म हत्या हो या हत्या भने कुरा खुल्ने प्रहरी प्रवतmा रंजित सिह राठौरले भने ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश