मसिंर ११
अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । १ जनाको मात्रै सनाखत भएको छ ।
सन्धीखर्क नगरपालिका ६ मा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष रहेका छन्।
दुर्घटनामा परी नं ५ बाहिनी रुपन्देहीमा कार्यरत राजकुमार महतको मृत्यु भएको छ। अन्य मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
सन्धीखर्कबाट बुटवलतर्फ जादै गरेको लु२ख २१४८ नम्बरको गाडी दुर्घटनामा अन्य ११ जना घाइते छन् ।
घाइतेको उद्धार जारीरहेको छ। उद्धार जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।