CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो

सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो

फेटा GP PSA
620
सिम्रौन्गढ़ नपा psa

बिराटनगर,
१ नं. प्रदेशका संघिय मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यूले प्रहरी कानूनको पालना गराउन राज्यद्वारा गठित संगठन भएका कारण राज्यमा सुशासन कायम राख्न प्रहरीसँग समुदाय, स्थानिय निकाय तथा सामाजिक संघ संस्थाहरूको समन्वय तथा सहकार्य अनिवार्य हुनु पर्ने बताउनु भएको छ । विहिवार विराटनगर महानगरपालिका वडा नं. ५ स्थित ब्राईट भिजन ल कलेजको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथिको आसनबाट LLB प्रथम बर्षका लागि नवप्रवेशी बिद्यार्थी तथा LLB कोर्ष पूरा गरी जान लागेका बिद्यार्थीहरूलाई शुभकामना दिंदै मन्त्री कार्कीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले पछिल्लो समयमा जनता र प्रहरीवीचको सम्बन्ध समेत प्रगाढ बन्दै गईरहेको समेत प्रष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा जिल्ला अदालत मोरङका न्यायधिश माननीय मेदिनीप्रसाद पौडेल तथा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि बिशिष्ठ अतिथिको आसनबाट नवप्रवेशी तथा विदाई भई जान लागेका बिद्यार्थीहरूलाई शुभकामना मन्तब्य दिनुभयो । मन्तब्यको क्रममा उपरीक्षक अधिकारीले माननीय कानुन मन्त्री, माननीय न्यायधिश, कानुन बिषयमा अध्यनरत बिद्यार्थीहरू तथा आफु समेत कानूनकै बिषयमा अध्यन पूरा गरेको ब्यक्ति एकसाथ उपस्थित भएका कारण उक्त कार्यक्रममा आफ्नो विचार राख्न पाउनु गर्वको महशुस गररेको बताउनु भयो साथै उपरीक्षक अधिकारीले समुदाय-प्रहरी साझेदारीको महत्व तथा भूमिका बारे प्रकाश पार्दै बिद्यार्थीहरूको शैक्षिक सफलता सहित उज्वल भविष्य समेत कामना गर्नु भयो ।
उक्त कार्यक्रमका सभाध्यक्ष तथा उक्त कलेजका संस्थापक अध्यक्ष बद्रि प्रसाद शर्मा, मुख्य न्यायधिवक्ता एवम संस्थापक क्याम्पस प्रमुख चुडामणी आचार्य, संस्थापक सदस्य तुलसी पोखरेल लगायत सम्बन्धित निकायका अन्य पदाधिकारीहरू र बिद्यार्थीहरू समेत गरी अन्दाजी २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

Baiju sah