CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अभिश्राप र चुनौतीको रुपमा रहेको दाइजो रहित विहे कस्तो?

फेटा GP PSA
1,619
सिम्रौन्गढ़ नपा psa

बारा, कलैया ।

अभिश्राप र चुनौतीको रूपमा रहेकोे दाइजो रहित विवाह हाम्रो समाजमा कस्तो हुन्छ भन्ने बारेमा हाम्रा समाज धेरै नै चिन्तित बने गरेका हुन्छन् । जुन विहेमा दाइजो नभए केटा वा केटीमा कुनै न कुनै कमि रहेको मान्यता हाम्रो समाजमा रुढीबादी र परम्परागत सोच रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विहे भनेको एउटा पवित्र, अटुट, एवं निश्च्छ्ल प्रेम, स्नेह, मायाको बन्धन तथा दुई अनजान आत्माको मिलन हुन्छ । तर यहि हाम्रो समाज जुन जगत जननी माता सिताको जन्म भुमिमा दाइजो एउटा अभिश्रापको रुपमा भैइ सकेको छ। दाइजोको निहुमा दिनहु एउटा मुद्दा अदालत, जिल्ला प्रहरी कार्यालयको महिला सेल वा समाजमा हुने गरेको छ।

Karaiya Mai Notice Winter

विहेमा आफ्नो क्षमता भन्दा बढी नै भड्किलो किसिमको हरेक थोक गर्ने गरेको तर त्यो सबै केटीको तर्फ बाट नै बेहोर्ने र आफू ठुलो बन्ने पनि प्रबिर्ती रहे संगै दाइजो नपाएको निहुमा कुटपिट, हत्याहिंसा आदि लगायतका घटना हुने गरेको छ। यस्ता घटना कतिपयको भनाइ अनुसार अशिक्षाले हुने गरेको भनिन्छ तर यस्ता घटना मास्टर, डाक्टर, इन्जिनियरको घरमा पनि दाइजोको निहुमा विभिन्न घटनाहरु भएको तथा हुने गरेको सार्वजनिक हुने गरेको छ।

यस्ता कुरा हाम्रो समाजमा निकै नै दह्रो किसिमले जरा गाडेर बसेको कुरा लाई निरुत्साहित गर्ने उदेश्यले भनेर होइन, गरेर देखाउ, दाईजो प्रार्था रोकथाम यो सोच प्रति नमन् गर्न समाज लाई एउटा विहेको वास्तविकता वारे समाजिक संदेश जावोस भन्ने धारणाका साथ दाईजो प्रार्था हाम्रो समाजको लागि ठूलो अभिश्राप हो जसको निम्ति समाजका आफुलाई अगुवा भन्ने बुद्धिजीवी व्यक्तिहरूले भाषण गर्ने मात्र जानेका छन तर व्यवहारमा लाग्नु नगरेको देखिन्छ ।

आफ्नो छोराछोरी विवाह जस्तो गर्दा खेरि जातिको छोराछोरी रोज्ने, ठूलो मात्रामा दाईजो लिने र दिने गर्ने व्यक्तिहरूले समाजमा परिवर्तन गर्न नसकेको कुरा देख्दा सर्वसाधारण परिवारका सदस्यहरू भाषण त गर्न जानेको छैन तर समाजमा परिवर्तनको ऐना बनेर देखाउने प्रयास रौतहट क्षेत्र नं २ को परोहा नगरपालिका वडा नं ८ नरकटिया निवासी हाल बिरगंज १५ बस्दै आइरहनु भएको ट्राफिक प्रहरी नायब निरीक्षक रामसुन्दर आर्यले आफ्नो ठूलो छोरा जुन अहिले Master of management  for engineers अस्ट्रेलियामा अध्ययन Er. आर्यन सुरज राउतको बिहेमा एक सुक्का दाईजो नलिई काभ्रे जिल्लाको बनेपा नगरपालिका ५ चन्देश्वरी टोल निवासी भिमसेन अचार्यकि छोरी BBS शिक्षा हासिल गरेकी इश्वरी अचार्य उर्फ (परी) सँग यहीँ मंसिर २५ गते गर्ने भएको हुनाले धेरै धेरै धन्यवाद तथा सफलताको कामना गर्नुको साथसाथै समाजमा परिवर्तनको लागि बढाउनु भएको पाईला प्रति नमन् गर्न समाज लाई आग्रह गरेका छन। आर्याले धेरै पहिला नै आफू आफ्नो छोराको विहे दाइजो रहित गर्ने बाचा आज पूरा गरिरहेको हुदा निकै नै खुशी व्यक्त गरेका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश