CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको छत्रकोटमा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

फेटा GP PSA
533
सिम्रौन्गढ़ नपा psa


गुल्मी
मंसिर १४- गुल्मीको छत्रकोट गाउँपालिका ६ दौघामा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।

लु ३ च ८२८० नंको ट्याक्टरको ठक्करबाट पैदल यात्रु १६ वर्षीय किशोर सुमन नेपाली घाइते भएका थिए। घाइते नेपालीको उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तै गुल्मीकै चन्द्रकोट गाउँपालिका ७ रैतरामा लु १ च ७२४१ नं को जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा ६ जना घाइते भएका छन । घाइते हुनेमा चन्द्कोट गाउँपालिका ७ रैतराका २५ वर्षीय चालक लालबहादुर नेपाली, ७५ वर्षीया चन्द्रकला घिमिरे, ५६ वर्षीया मैँया थापा, २३ वर्षीया गोमा केसी, ३६ वर्षीया हिमा भट्टराई र १६ वर्षीया मनिषा खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

घाइतेहरु मध्ये चालक लालबहादुर नेपाली र चन्द्रकला घिमिरेको अवस्था गम्भीर रहेकाले उपचारका लागि पाल्पा पठाइएको छ भने अन्यको स्थानीय जोहाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश