![Devatal Chhath](https://www.cinnepal.com/wp-content/uploads/Devtal-shubhakamana.jpg)
![Bara Gadhi Notice winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Bara-Gadhi-Notice-Final.gif)
गुल्मी / मंसिर १४ गते
गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ ।
अहिलेसम्म दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको मतदान अधिकृत कृष्ण शरण लामिछानेले बताए ।
![प्रसौनी गापा सामाजिक संदेश ०७८](https://www.cinnepal.com/wp-content/uploads/2021/11/Prasauni-Gaupalika.jpg)
![Karaiya Mai Notice Winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Karaiya-Mai-Gaupalika-Notic.gif)
निर्वाचनका लागि दुई जना मतदान अधिकृत, चार जना सहायक मतदान अधिकृत, आठ स्वयमसेवक र दुई जना सहयोगी गरि १४ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् । महिला, पुरुष र अशक्तहरुको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा पुराएपछी बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई निरौलाले आग्रह गरे ।
रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडाअध्यक्ष पदका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरीप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी तथा स्वतन्त्र तर्फबाट मनबहादुर दर्लामीले उमेद्धवारी दर्ता गरेका थिए। तीन जना उमेदवारनै मतदान स्थलमा उपस्थित थिए । वडा न ६ को लागि दुई हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
![Baiju sah](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Messenger_creation_87266e67-cb29-48a3-8237-118d766a3566.jpeg)