CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गढीमाई मेलामा खुलेयाम आर्केस्टा अर्धनग्न नृत्य प्रदर्शन

आर्केस्टा संचालनमा छुट दिन प्रहरी प्रशासनले लाखौं रकम खाएको आरोप

फेटा GP PSA
2,254
सिम्रौन्गढ़ नपा psa

अनिल ओझा, बारा, मंसिर १४ गते ।

बिश्व प्रसिद्ध गढीमाई मेलामा प्रहरी प्रशासनकै संरक्षणमा आर्केस्टा तथा थिऐटरहरुमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । अश्लिल भारतीय कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेकोले श्रद्धालुहरु चिन्तित बनेका छन् । बाराको बरियारपुरमा हिन्दू र्धमावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको एक महिने गढीमाई मेलामा भारतको बिहार पश्चिम बंगालबाट ल्याइएको आधा र्दजन भन्दा बढी कलाकारहरुले रातको समयमा महिलाहरुलाई अश्लिल गीतमा भडकिलो पोशाक लगाएर नृत्य गराउदै आएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

र्सावजनिक स्थलमा अश्लिल गीत बजाउन नपाउने र नचाउन नपाइने कानुनमा नै व्यवस्था भएपनि मेला आयोजक समितिले त्यो कानूनको उल्लंघन गर्दै आएको छ । रातको करिब ११ बजेको समय दुई जना महिला नृत्यंगना लाई गम्भीर अवस्थामा उपचारको लागि मेलामा राखिएको अस्थायी स्वास्थ्य शिविरमा ल्याइएको चिकित्सकले बताएका छन् ।

Karaiya Mai Notice Winter

गढीमाई मेलामा पायल थिएटर , पूजा एण्ड सनीलियोनी थिएटर ,रेश्मा एण्ड करिश्मा थिएटर लगायत आधा र्दजन भन्दा बढी थिएटरहरु छन । ती थिएटर सञ्चालकहरुले अश्लिल नृत्य प्रस्तुत गरेर मेलामा आउने श्रद्धालु भक्तजनहरुलाई लुटिरहे पनि स्थानीय प्रहरी प्रशासन भने मौन देखिएको मेला हेर्न आएका आम सर्वसधारण, स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।

गढीमाई मेलाको मौलिकतालाई नै प्रभाव पार्ने गरी बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र्रमणी पोखरेल तथा प्रहरी उपरिक्षक विकासराज खनाललाई मोटो रकम नजराना कटराएर नाङ्गो नृत्य देखाउँने प्रबन्ध मेला मुल व्यवस्थापन समितिले बन्दोवस्त मिलाएको छ । मेलामा एक दर्जन भन्दा बढीको हाराहारी आर्केस्टा तथा थिऐटरहरु संचालनमा रहेको छ ।

मेलाको बतावरणलाई विगार्ने गरी अश्लिल गित तथा नृत्य आर्केस्टा तथा थिऐटरहरुमा प्रदर्शन भइरहेको छ । एकान्तमा पनि सुन्न नसकिन्ने गीत खुल्याम रुपमा ठूला (ठूला लाउड स्पीकार मार्फत मेला भरी गुजिन थाले पछि मेला हेर्न आएका आम सर्वसधारण नै लज्जित हुने अवस्था आएको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश