CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सिरहामा वडाअध्यक्षको लागि भइरहेको उपनिर्वाचनमा कति प्रतिशत मत खस्यो

फेटा GP PSA
571
सिम्रौन्गढ़ नपा psa

रामनारायण ठाकुर
सिरहा,मंसिर १४ गते । सिरहाको कल्याणपुर नगरपालिका १२ बेलहामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । कल्याणपुर नगरपालिका वडा नं.१२ बेलहामा रिक्त रहेको वडाध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मत खसिएको कल्याणपुर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद साहले जनाएको छ ।
श्री बिष्णु चरण श्रेष्ठ मा.वि बेल्हामा जम्मा १ हजार १ सय ७० महिला र ७ सय ६३ पुरुष गरि जम्मा १ हजार ९ सय ३३ मत खसेको छ ।
यस्तै आधारभूत विद्यालय तिलासिमा ३ सय महिला र २ सय ४७ पुरुष गरि ५ सय ४७ मत खसेको छ । मतदान केन्द्रमा महिलाको संख्या बढी देखिएको छ । उपनिर्वाचनमा जम्मा मतदाता संंख्या ३ हजार ४ सय ५० रहेको छ । दुई वटै मतदात स्थल जम्मा २ हजार ४ सय ८० मत खसेको छ ।
सिरहामा साढे ७ बजेबाट मतदान शुरु भएको थियो । ७ बजेदेखि नै मतदान शुरु गर्ने भनिए पनि मतदाताहरू समयमा उपस्थित नहुँदा केही ढिला भएको थियो । सिरहामा २ मतदात स्थलका ४ वटा मतदान केन्द्रमा रहेको थियो । मतदान साँझको ५ बजे सम्पन्न भएको छ ।
उक्त मतदान स्थलमा शान्ति सुरक्षको लागी ३ तहको सुरक्षा निकायलाई परिचालन गरिएको थियो । पहिलो चरणमा नेपाल प्रहारी,दोस्रो चरणमा सशस्त्र प्रहारी,तेस्रो चरणमा नेपाली सेना गरी तिन तहको सुरक्षा निकायले सुरक्षा लिएको थिए ।
सिरहामा कल्याणपुर १२ को वडाअध्यक्ष पदको लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट वडाध्यक्ष पदमा निर्वाचित राजदेव यादवको निधन भएपश्चात सो पद रिक्त भएको थियो ।

Baiju sah