CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गढ़िमाइ मेला लाइ लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगरानी

फेटा GP PSA
860
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

गढिमाइ मेला लाई लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगगरानी बढाइएको छ। सुवर्ण गाउपालिकामा भारत तर्फ बाट प्रवेश गर्ने मुख्य नाका संतग्ंजको (सिमानाका)बोर्डरमा सिसिटिभी कैमेरा जडान गरि निगरानी बढाइएको छ। मेलामा आउने श्रधालु भक्तजन लाई सजिलोका लागि निगरानी सिसिटिभी जडान गरिएको जनाइएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गढिमाइ प्रती आस्था र विश्वास राख्ने श्रधालु भक्तजन हरु लाई कुनै किसिमको अप्ठ्यारो परेको खन्डमा सिसिटिभिको सहायता बाट त्यस्ता किसिमका समस्या लाई समाधन गर्ने दृष्टिकोणले उक्तपहल गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले  जनाएका हुन। विश्व प्रशिद्ध रहेको मेलामा उक्त नकाबाट कुनै किसिमको अप्रिय घट्ना बारे मध्यनजर गरि यस्ता किसिमका सतर्कता अपनाइएको श्रीवास्तवले जनाइए।

Karaiya Mai Notice Winter

नेपाल र भारतको खुल्ला सिमानाका भएकोले यस्ता विश्व प्रशिद्ध मेलामा गलत गतिविधि गर्ने हरुको सक्रियता प्रती पहिला नै सचेत रहि कार्य गर्न गाउपालिका सजग रहनु परेको भन्दै सिसिटिभी जडान गरेको गाउपालिका अध्यक्ष महिन्द्र प्रसाद यादवले बताए ।

सिसिटिभिको निगरानी हालमा सिमानाकामा सहायता कक्ष खडा गरिएको ठाउमा नै राखिएको छ भने भोलिको दिनमा तिनठाउ बाट त्यसको निगरानी गरिने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताए। आउदो दिनमा पनि उक्त कैमराको निगरानी शस्त्र प्रहरी बल कवहिगोठ, ईलाका प्रहरी चौकी कवहीगोठ र गाउपालिकाको कार्यालय बाट निगरानी गरिने श्रीवास्तवले जनाए।

सिसिटिभी जडान वाडा अध्यक्ष रंजीत प्रसाद यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य बाच्चा प्रशाद यादवको प्रमुख आतिथ्यता एवं पुर्व सांसद राम अयोध्या प्रसाद यादवको विशिष्ट आतिथ्यतामा कैमेरा जडान गरिएको हो। सो क्रममा ईलाका प्रहरी चौकी कवगोठका इन्चार्ज माधव पुडासैनी, सशस्त्र प्रहरी बल गवहिगोठका इन्चार्ज मुकेश उप्रेती एवं गाउपालिका प्रशासन साखाका राकेश प्रसाद यादव लगयत सम्पुर्ण कर्मचारी तथा गाउका भद्रभलादमीहरुको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश