CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जीप दुर्घटनामा बेपत्ता एक जनाको शब फेला, मृतकको संख्या १५ पुग्यो

फेटा GP PSA
611
सिम्रौन्गढ़ नपा psa


मंसिर १८, गुल्मी
गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शब दुर्घटना स्थल भन्दा केहि तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेका छ । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर ३ जना गमभीर घाइते भएका थिए । उनिहरुको थप उपचारको लागि हेलिकप्टर मार्फत मंगलवार नै काठमाडौं लगिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुल्मीको इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा मृत्यु भएको शोकमा इस्मा गाउँपालिकाले बुधवार सार्बजनिक बिदाम समेत दिएको छ । जिपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए । घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई लिन दुर्घटना स्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद एवं पुर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाईतेलाई काठमाण्डौं लगेका थिए ।

पुर्व मन्त्री विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश