CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।

रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।

फेटा GP PSA
697
सिम्रौन्गढ़ नपा psa

रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।मंसिर २४ । रौतहट प्रहरीले १२ बर्ष पहिला घटेको घट्नालाई अनुसन्धान गर्दै क्षेत्र नंबर २ का सांसद मो.अफताब अलमलाई सम्मानित जिल्ला अदालतबाट पुर्वपक्षका लागि करागार चलान गराए लगत्तै रौतहट प्रहरीले पुरानो मुद्दाको फाईल खोल्ने सुरु गरेका छन्। असान्त रहेको रौतहट जिल्लामा प्रहरी उपरीक्षक भुपेन्द्र खत्री सहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक पप्पु नायकको टोलीले अपराध मुक्त जिल्ला बनाउन सफल भएका छन्। रौतहटमा पहिलाको दिनमा मोटरसाइकल चोरी,तस्करी देखि विभिन्न अपराधिक घटना घट्दै अईरहेको थियो। तर प्रहरी उपरीक्षक खत्री सहितको नयाँ टोली रौतहट अाउँदा तस्करी देखि विभिन्न अपराधिक घट्ना बन्द हुँदै गईरहेका छन्। रौतहट प्रहरीले १२ बर्ष सम्म पिडितले न्याय नपाएको भन्दै पिडितलाई न्याय दिलाउन तर्फ लागेका रौतहट प्रहरीलाई अहिले जति तारिफ गरे कमै रहेको समाजका अगुवा ब्यक्तिहरुले जनाएका छन्। अालम पुर्वपछका लागि चलान भए लगत्तै प्रहरीले पुरानो मुद्दाको फाईल खोल्ने सुरु गरेका छन्। पुरानो फाईल खोल्दै जाँदा प्रहरीले अहिले सम्म १३ जना फरार अपराधीलाई पक्राउ गरिसकेको प्रहरी निरीक्षक नायकले जनाएको हो । प्रहरी निरीक्षक नायकको अनुसन्धान खेर नजाँदा स्थानीयहरुले रौतहट प्रहरी माथि बिश्वास जमाएका छन्। रौतहटको साविक गौर न.पा. वडा नं. ७ हाल ४ बस्ने राजाबाबु पटेल ,कुटपिट अंगभंग मुद्दामा जिल्ला रौतहट साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामपुकार राय यादव, कुटपिट अंगभंग मुद्दामासाविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामसेवक राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने अरूण कुमार यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामध्यान राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने छोटेलाल राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामअधार राय यादव , चोरी मुद्दामा गौर न.पा. वडा नं. २ रितेश जयसवाल
चोरी मुद्दामा गौर न.पा. वडा नं. २ बस्ने सोनु जयसवाल, सरकारी कागज छाप कृते मुद्दामा गौर न.पा.वडा नं.८ बस्ने विकास कुमार गुप्ता , गाली बेईजती मुद्दामा गौर न.पा.वडा नं.२ बस्ने विरेन्द्र प्रसाद जयसवाल , चोरी मुद्दामा साविक गौर न.पा. वडा नं.१० हाल ६ बस्ने राम एकवाल बैठा , चोरी मुद्दामा साविक गौर न.पा. वडा नं.१० हाल ६ बस्ने धर्मेन्द्र पसवान गरी १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । अपराधका घटना घटाएर गाउँघरमा लुकीछिपी बस्दै आएका तथा विभिन्न राजनितिक शक्तिको आडमा जोगिएर बसेकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।३५ वर्षीय शिक्षक सुनीलप्रसाद यादव हत्याकाण्ड, गरुडा बैरीया ३ का राजाराम साहको छोरीको विवाहमा बन्दुक पडकाउँदा मारिएका सुनिलकुमार साह र २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा गोली हानी मारिएका कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको घटनामा समेत प्रहरीले पुराना मिसिल खोल्ने अनुमान लागेका छन् ।

Baiju sah