२५मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए ।
हत्यामा संलग्न सोहि ठाउँ निवासी माधव सुनार १४ मुनि रहेकाले भैहवाको वाल सुधार केन्द्र पठाइएको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तिन जना मिलेर मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिय जुमल्या छोरी जंगा र जमुनाको हत्या गरेका थिए ।