CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढमा मालपोत र नापी कार्यालय हाल सम्म संचालन नहुनु दुःखद: प्रभु साह

फेटा GP PSA
965
सिम्रौन्गढ़ नपा psa

काठमाडौं।

बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले दु:ख व्यक्त गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा जिल्लाका नेताहरुको टोलीले भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालसंग भेट गरेका छन् । सो क्रममा अध्यक्ष साहले सरकारी निर्णय भएको ४ वर्ष भइसक्दा पनि कार्यालय संचालन नहुनु दु:खद रहेको जीकिर गरे ।

Karaiya Mai Notice Winter

उनले भने, “बाराको सिम्रौनगढ जस्तो ऐतिहासिक नगरीमा एकिकृत सेवा केन्द्र स्वीकृत भइ सञ्चालनका लागि घर भाडामा लिएको पनि दुई वर्षभन्दा बढी वितिसक्दा समेत नापी र मालपोत लगायतका सेवा प्रवाह अझसम्म सुचारू हुन नसक्नु दुःखद हो । यस्तो गम्भीर विषयमा पनि लापरबाही हुनाले सिम्रौनगढबासीलाई दुखी मात्र बनाएको छैन, स्थानीयलाई मालपोत सम्बन्धि कामका लागि समस्या भइरहेको छ । हामी आग्रह गर्दछौं कि उक्त कार्यालय छिटो संचालनका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ।”

जवाफमा मन्त्री अर्यालले कर्मचारी अभावका कारण कार्यालय संचालन हुन नसकेको भन्दै छिटै कार्यालय उद्घाटनका लागि आफै जाने आश्वासन दिइन । अध्यक्ष साहको नेतृत्वमा नेकपाका केन्द्रित सदस्यहरू बलबीर चौधरी र अच्युत मैनालीसहित नेताहरु बतहु यादव तथा उमेश कुश्वाहालगायत बारा ज़िल्लाका नेताहरुले मन्त्री अर्याललाई भेटेका थिए ।

२०७२ सालमा मन्त्रिपरिषदबाट सिम्रौनगढमा कार्यालय स्थापना गर्ने निर्णय भएको र २०७३ सालदेखि कार्यालय भाडामा लिइसकिएको भएपनि कर्मचारी नपठाइएकोले कार्यालय संचालन हुन नसकेको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश