मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने
मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने
उषा सरदार ,विराटनगर
मैथिली भाषा र संस्कृतिलाई संरक्षण गर्नुको साथै यसको प्रबर्द्धन र बिकास गर्न बिराटनगरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेदलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालले आइतबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अगामी पुस ६ र ७ गते बिराटनगरको हाटखोला मैदानमा हुन लागेको दुई दिने अन्तराष्ट्रिय सम्मलेन बारे बताएको हो ।
मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रबिन नारायन चौधरीले मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली सँस्कृति प्रति अभिरुचि बढाउनुको साथै मैथिली भाषा, सँस्कृति, रहन सहन,पहिरन लगायतका बिषयहरुमा बिचार विमर्श हुने बताउनु भयो।सम्मेलनमा नेपाल र भारत दुबै देशका मैथिली अभियन्ता संघ संस्थाका करिब तीन सय जना प्रतिनिधिहरुको सहभागी हुने चौधरीले बताउनु भयो।
सम्मेलनको पहिलो दिन झाँकी , प्रदर्शन गर्नुको साथै मैथिली , भोजपुरी, थारु , राजवंशी, हिन्दी , मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलन संगै मैथिली हाँस्य कविता, गीत–गजल र परम्परागत नारदी कीर्तनको आयोजना हुनेछ भने अर्को ‘नेपालको संविधान आ छटपटाइत मातृभाषा विषय मा विमर्श हुने जानकारी गराउनु भयो । सम्मेलनका द्रष्टा र प्रत्येक क्षेत्रमा ख्याती कमाएका मैथिल भाषीहरुलाई कर्पोरेट आईकन समेत प्रदान गरिने जानकारी गराउनु भयो। सम्मेलनमा मंचको दुबै तर्फ मैथिली सँस्कृति झल्किने बिभिन्न प्रकारका स्टलहरु समेत राखिने छ ।
सो सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने छन। उक्त सम्मेलन उद्घाटनमा विभिन्न पार्टीका बरिष्ट नेताहरुको सहभागिता हुने आयोजकले बताउनु भयो।