CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने

फेटा GP PSA
733
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ राष्ट्रिय महाधिवेशन र २९ औं साधारणसभा पुस ४ र ५ गते बिराटनगरको होटल ईस्टर्न स्टारमा हुने भएको छ। बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको जनाएका छन। प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेलेले महाधिवेशन उद्घाटन गर्ने संघका महासचिव यज्ञराज ढकालले बताउनु भयो। दुई वर्ष कार्यकालको लागि हुन लागेको महाधिवेशनमा भागलिन सातै प्रदेशबाट ५ सय बढी सहभागी आउने अनुमान आयोजकले गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष हेमराज बरालले पशुपंक्षी औषधि सम्बन्धि कानुन नहुदा औषधि बिक्रीवितरणमा समस्या भएको बताउनु भयो। मानव स्वास्थ्य सम्बन्धि कानुनलाई नै आधार मानेर पशुपंक्षीलाई औषधि दिनु पर्दा ठुलो समस्या हुने गरेको बताउनु भयो।उहाँले ईन्जेकसनबाला औषधिहरुको पैठारीमा समस्या भएकोे कारण बेला बेला बजारमा हाहाकार हुने गरेको बताउनु भयो । साथै यसको दर्ता प्रक्रियामा समेत समस्या हुने गरेको बरालले बताउनु भयो ।
उक्त महाधिवेशनबाट २१ सदस्य समिति समेत चयन गरिने संघले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश