कलैया, पुस ६ ।
बारा जिल्ला विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल भेडिहरलाई सवारी रज्यान मुद्दामा जेल पठाइएको छ । गाँउपालिका अध्यक्ष पाल लाई २०६३ भदौ २९ गतेको अदातको फैसला आदेश अनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।
जिल्ला अदालत बाराले उनलाई सवारी ज्यान मुद्दा आरोपमा २९ दिनको कैद सजाय सुनाएको हो । जिल्ला प्रहरी कार्यालयय बाराले राउतलाई आईतवार अदालतमा उपस्थित गराएपछि अदालतको २०६३ भदौ २९ गते फैसला आदेश अनुसार निजलाई जेल चलान गरीएको बारा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आजै बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतवार नै अदालतको फैसला अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिएका छन् ।