CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीमा अधिकामश बजेटजति सडकमै

फेटा GP PSA
490
सिम्रौन्गढ़ नपा psa


अर्घाखाँचीका स्थानीय तहले सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। यस वर्षमात्र अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले ३१ करोड १८ लाख ५० हजार रकम सडकमा विनियोजन गरेका छन्।

विकास बजेटको सबैभन्दा बढी हिस्सा २५ प्रतिशत रकम मोटरबाटोमा खर्च हुन्छ। यस्तो रकम सडकको स्तरोन्नतिभन्दा पनि सडक सोहर्ने र नयाँ ट्र्याक खोल्नेमै खर्च गरिन्छ। प्रदेश तथा संघबाट प्राप्त हुने योजना पनि सडकमै केन्द्रित गरिएको छ। बाहिरबाट हेर्दा काम देखिने भएकाले पनि सडकमा बजेट खन्याउन स्थानीय सरकारको होडबाजी नै छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बर्सेनि करोडौं खर्चेर बनाइएका यस्ता सडक न दिगो छन् न सुरक्षित नै। बिना अध्ययन हचुवाका भरमा डोजर चालकले निर्माण गरेका सडकले बर्सेनि प्राकृतिक विपद् निम्त्याइरहेका छन्। सन्धिखर्क नगरपालिकाले चालू आर्थिक वर्षमा ग्रामीण सडक निर्माणमा ८ करोड ८१ लाख ४३ हजार रुपैयाँ छुट्याएको छ। नगरपालिका भित्रका २ सय ५१ सडकको निर्माण, मर्मत, स्तरोन्नती तथा नाली कटिङ, ग्राभेल तथा कालोपत्रेको लागि रकम विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।

१२ वर्षअघि नै यहाँका सबै गाविसमा मोटरबाटो पुगेको थियो। सोही बाटो स्तरोन्नती गर्नुको साटो पुनः अनावश्यक ठाउँमा नयाँ ट्र्याक खोल्ने र भएको सडक पनि बिगार्ने काम भएको छ। सन्धिखर्क नगरपालिकाको सिमानादेखि भुमिकास्थान नगरपालिका जाने सन्धिखर्क, कुर, नुवाकोट सडक कालोपत्रेका लागि २ करोड ४० लाख र प्रदेश सरकारको एक करोड गरी ३ करोड ४० लाख रकम विनियोजन भएको सूचना अधिकारी हरिसचन्द्र भुसालले बताए।

Karaiya Mai Notice Winter

शितगंगा नगरपालिकाले एक सय ७१ वटा सडकका लागि ७ करोड ७७ लाख ४० हजार रुपैयाँ छुट्याएको छ प्रमुख प्रशासकीय अधिकृत शेसकान्त पौडेलले बताए। गत वर्ष सडक निर्माणमै ९ करोड ३घ लाख ८५ हरा रुपैयाँ छुट्याइएको थियो। यस्तै, पाणिनी गाउँपालिकाले चालू आर्थिक वर्षमा तीन करोड ७९ लाख २७ हजार रुपैयाँ सडक विस्तारका लागि विनियोवन गरिएको गाउँपालिका अध्यक्ष अच्यूत गौतमले बताए। मालारानी गाउँपालिकाले ३ करोड ५० लाख, छत्रदेवले एक करोड २९ लाख ९० हजार रुपैयाँ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जनाए।

प्रदेश तथा संघबाट बन्ने ग्राभेल सडक र कालोपत्रे सडकमा वार्षिक ५० करोड बढी खर्च हुन्छ। तर बाटो गुणस्तरीय बन्न सकेका छैनन्। सोही कारण बर्सेनि दुर्घटना पनि बढीरहेका छन्। बितेका आठ वर्षमा सडक दुर्घटनामा परि अर्घाखाँचीमा एक सय ५० जनाले ज्यान गुमाएका छन्। ५ सय ७८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार नारायण पराजुलीले बताए।

जिल्ला समन्वय समितिका अनुसार २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय गरी झण्डै ११ सयको हाराहारीमा नयाँ सडक खनिएका छन्। ‘मोटरबाटो खन्दा नत वातावरणीय प्रभाव मूल्यांकन नै हुन्छ। न प्राविधिक सर्भे नै। डोजर चालक नै इन्जिनियर हुन्। अनि कहाँबाट दिगो विकास हुन्छ त रु ’, अधिवक्ता जगन्नाथ भुसालले भने।

खनिएका अधिकांश सडक डीपीआरबिनै निर्माण गरिएका हुन्। राजनीतिक दलहरूले आपसी सहमतिका आधारमा स्थानीय काय चलाइरहेका छन्। घरघरमा मोटरबाटो पुर्‍याउने होडबाजीले स्थानीयबीच सम्बन्ध टाढिँदै आएको छ। अव्यवस्थित सडकका कारण घरमै पहिरो खस्न थालेपछि मोटरबाटो निर्माण रोक्न मुद्दा परेका छन्। सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख तथा स्थानीय न्यायिक समितिका संयोजक ठाकुरकुमार विकका अनुसार त्यस्ता मुद्दालाई सबै पक्ष बसेर छलफल गर्ने र क्षति कम हुनेगरी मेलमिलाप गराइन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश