CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष

फेटा GP PSA
625
सिम्रौन्गढ़ नपा psa


१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष निकालेको छ ।
नेपालमा प्लेन दुर्घटना हुदा छानबिन समिती गठन हुने तर बस दुर्घटना हुदा छानविन समिति नबने भनेर चौतर्फी आलोचना भैरहेको समयमा नरपानीमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानविन समिति गठन गरिएको थियो ।
गएको मसिंर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जादै गरेको लु २ ख २१४८ नम्वरको यात्रु बाहक बस सन्धिखर्क नगरपालीका ६ सल्लेरीमा दुर्घटना हुदाँ १९ जनाको ज्यान गएको थियो । दुर्घटना पश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षिय बैठकबाट सहयाक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजक रहेको ९ सदस्ययी छानविन समिती गठन भएको थियो । समितीलाई १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरि कार्यदेश थियो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा आज भएको सर्बदलिय बैठकमा समितिले दिएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपालमै पहिलो पटक जिल्लास्तरमा छानबिन समिती गठन गरेर जिल्ला प्रसासन कार्यालयमा सर्बपक्षिय बैठकमा प्रतिबेदन प्रस्तुत गरिएको हो । चालकले तिब्र गतिमा बस चलाउनु दुर्घटनाको कारण रहेको प्रतिबेदनको ठहर रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । प्रतिबेदनलाई ध्यानमा राखी कार्यान्वयन गर्न बैठकले ध्यान आकर्षण गराएको प्रजिअ पौडेलको भनाइ छ ।
सवैपक्षिय बैठकमा प्रदेस सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, शसस्त्र प्रकरी प्रमुख माधब रेग्मी, नेकपाका प्रदेस सदस्य छमकुमारी खनाल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) लगायत राजनितिक दलका प्रमुख, यातयात व्यवसायी, सञ्चारकर्मि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Baiju sah