CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

तिनैटै तहको सरकार संथागत भष्टाचारमा : डा. पराजुली

फेटा GP PSA
541
सिम्रौन्गढ़ नपा psa

कलैया, ८ पुस।

नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले तिनैटै तहको सरकार संथागत भष्टाचारमा डुवेको आरोप लगाउनु भएको छ । कलैयामा पत्रकारहरुसंग मंगलवार कुरा गर्दै पराजुलीले बढदै गएको भष्टाचारले मुलुकमा शान्ति र बिकासमा अवरोध भई डण्डहिताले पनि प्रसय पाउने कुरामा जोड दिनुभयो ।

Karaiya Mai Notice Winter

दुई तिहाईको बर्तमान सरकारले ६ बर्ष समय रहदै गरेको गोर्कन रिर्सोटलाई यति ग्रुपलाइ २५ बर्ष सम्म्का लागि भडामा दिएर मन्त्रीपरिषदले  अर्बौको भष्टाचार गरेको आरोप लगाउनुभयो । यति मात्र नभई ट्रष्टमा रहेको जग्गाहरु जस्तै दरवार मार्गको जग्गालाई समेत यति ग्रपलाई नै भडामा दिनु अलोकतान्त्रिक काम भएको बताउदै डा. पराजुलीले सरकारले भष्टाचारको पराकष्टा नै नाघेको भन्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

सरकारले कलापानी, लिपुलेक, लिपियाधुरा, सुस्ता, महेशपुर लगायतका सिमाको समस्या सुल्झाउनका लागि खास पहल नगरेको दोषारोपन गर्दै चाडो भन्दा चाडो समस्या सुलझाउन आग्रह गर्नुभयो । मुलुकमा शुसासन कायम गर्न नसक्दा निर्मला पंन्थको बलात्कार र हत्यामा संलग्न रहेका दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु सरकारको गम्भिर कमजोरी रहेको प्रष्ट पार्नुभयो ।

लोकतन्त्रको मुल्य, मान्यता र आर्दशलाई आत्मसाथ नगरी एक पछि अर्को रुपले प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्ने काममा मात्र सरकार उद्धत रहेको उहाँको भनाई रहेको थियो । लोकतन्त्र मजबुत नभए मुलुकमा शान्ति र स्थायित्व कायम हुन नसक्ने ठोकुवा समेत पराजुली गनुभयो ।

Baiju sah