CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा शिक्षकको गलत सूचनाले विद्यार्थी परिक्षा दिनबाट बञ्चित

फेटा GP PSA
565
सिम्रौन्गढ़ नपा psa

गुल्मी,१० पौष – शिक्षकको गतल सूचनाले गुल्मीको इस्मा गाउँपालिकाका विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँपालिकाको वडा नम्बर ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयका कक्षा ११ मा पुरक परिक्षा दिने तीन छात्रा र छ छात्र गरी नौ जना विद्यार्थी परिक्षाबाट बञ्चित भएका हुन् । पुरक परिक्षाअन्तरगत ऐच्छिक अंग्रेजीको परिक्षा मंसिर ३० गते भएपनि विषयशिक्षक प्रेम अर्यालले पौष १ भनि गतल सुचना दिदाँ आफुहरु परिक्षा दिनबाट बञ्चित भएको विद्यार्थी अनिल ज्ञवालीले गुनासो गरे । ज्ञवालीसहित दिपक बराई मगर, विशाल बम्रेल, सुगम कुँवर, पिताम्बर न्यौपाने र शुशिल पल्लि मगरसहित अन्य तीनजना छात्राहरु परिक्षा दिनबाछ बञ्चित भएका छन् । ‘पौष १ गते परिक्षा दिन जाँदा महेन्द्र माविबाट निकालियो, अघिल्लो दिन नै परिक्षा रहेछ ।’ अनिलले भने, ‘प्रेम र केशव सरले गलत सुचना दिदाँ परिक्षा दिनबाट बञ्चित हुनुप¥र्यो ।’ त्यसका साथै उनले परक्षा केन्द्रबाट बाहिर निस्केर शिक्षकलाई फोन गर्दा नउठाएको गुनासो गरे ।

विद्यालयका प्रध्यानाध्यापक गुणाखर अर्यालले पत्रिकामा प्रकाशन भएको सुचना कक्षाकोठामै लगेर जानकारी गराएपनि विद्यार्थीको गलत बुझाइका कारण परिक्षा दिनबाट बञ्चित भएको बताए । ‘अनिवार्य र ऐच्छिक अङ्ग्रेजिको फरक–फरक दिन परिक्षा रहेछ ।’ उनले भने, ‘विद्यार्थीले एकै दिन भनेर सम्झिदा समस्या भयो ।’ यो आशिंक परिक्षा भएकोले विद्यार्थीले चाहेमा ग्रेड वृद्धिको लागि अर्को बर्ष परिक्षा दिनसक्ने उनले बताए । गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत चन्द्रकान्त बस्नेतले यो विषय आफुहरुलाई थाहा नभएको बताए । संवाददाताले फोन गरेपछि मात्र आफुले थाहा पाएको भन्दै उनले घटनाको सम्बन्धमा आफुले बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश