

वीरगन्ज (पर्सा), १० पुस ।
पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिकता प्राप्त गरेको समाचार प्रकाशन भएपनि प्रशासनले हालसम्म कारवाही गरेको छैन । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको आधारमा नेपाल सरकारबाट नागरिक्ता प्राप्त गरेका छन् भने झुठो विवरण पेश गरि भारत सरकारबाट पनि भारतीय नागरिक्ता प्राप्त गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भई बेनामी उजुरी परेतापनि प्रशासनले गिरीद्वयलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
भारतको विहार राज्य मोतिहारी स्थित ससुराली रहेका गिरीले झुठो विवरणको आधारमा रक्सौलका राजनीतिक दलसँगको मिलोमतोमा भारतीय नागरिक्ता हात पार्न सफल भएका छन् । उनको भारतीय मतदान केन्द्रमा नामावली समेत रहेको छ । भारतीय मतदाता सूचनाको आधारमा गिरीको विवरण यस प्रकार रहेको छ ः ठेगाना राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५८२२, बुवाको नाम हरिशंकर गिरी, भाग संख्या २८, मतदाता क्रमांक ११७७ रहेको छ । उनी नेपालका नागरिक भएपनि दुबै देशका नागरिक्ता बोकी नेपालमा आर्जन गरेको अकुत सम्पत्तिलाई भारतमा लगेर जम्मा गर्ने गरेको बताइएको छ ।


यसैगरि उनले आफुले मात्रै द्वैध नागरिकता बोकेका छैनन्, आफ्नी श्रीमती रचना गिरीलाई पनि दुई देशका नागरिकता बनाउन सफल भएका छन् । ससुराली भारतको विहार राज्य स्थित मोतिहारी रहेकोमा विवाह पश्चात श्रीमतीलाई अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्न सफल भएका छन् । नेपालको काननु अनुसार पनि भारतीय केटीसँग विवाह गर्दा भारतको नागरिक्ता त्यागी अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार श्रीमतीलाई नेपाली नागरिक्ता दिलाउन सफल भएका त छन्, तर भारतीय नागरिक्ता भने त्यागेका छैनन् । दुबै श्रीमान् श्रीमती नेपाल र भारतको दुबै देशका नागरिकता बोकी नेपाल र भारतमा व्यापार तथा अकुत सम्पत्ति थुपार्ने काम गर्दै आएका छन् । गिरीले आफ्नी श्रीमतीलाई २०६६ साल चैत १२ गते अँगिकृतको आधारमा नेपाली नागरिकता दिलाएका छन् तर भारतको नागरिक्ता भने त्यागेका छैनन् ।
भारतीय मतदान केन्द्रको सूचिमा अहिले उनकी श्रीमती रचना गिरीको नामावली रहेको छ । भारतीय मतदान सूचना केन्द्रका आधारमा विवरण यस प्रकार रहेको छ ः राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५७९८, पतिको नाम रामबाबु गिरी, भाग संख्या २८, मतदाता क्रमांक १२१२ रहेको छ ।
