CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माइती नेपाल मोरङ्गद्वारा १ वर्षको प्रतिबेदन सार्वजनिक, ९५ जना महिलाको भारतीय सिमाक्षेत्रबाट उद्धार

माइती नेपाल मोरङ्गद्वारा १ वर्षको प्रतिबेदन सार्वजनिक, ९५ जना महिलाको भारतीय सिमाक्षेत्रबाट उद्धार

फेटा GP PSA
693
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
माईती नेपाल मोरङ्गले मंगलबार वार्षिक प्रतिवेदन सर्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा माइती नेपालको सक्रियतामा बिराटनगरको जोगबनी नाका हुँदै भारत लैजान लागेको ९५ जना महिलाको सिमाक्षेत्रबाट उद्धार गरिएको प्रतिवेदनमा उल्लेख रहेको छ। जनवरी देखि डिसेम्बर सम्मको १ वर्षको अवधिमा महिला तथा चेलीबेटी बेचबिखन विरुद्ध काम गर्ने माइती नेपालको सक्रियतामा शंकास्पद तरिकाबाट भारत तर्फ लैजान खोजिएको शंका लागेर र बेचबिखनको जोखिममा परेको हुनसक्ने आशंकामा रोकिएको हो। प्रस्तुत वार्षिक प्रतिवेदनमा सन २०१९ जनवरीमा १३, फेब्रुअरीमा ६, मार्चमा १० , अप्रिलमा ६ , मेमा ५, जूनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बरमा २, अक्टोबरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ जना महिलालाई भारत तर्फ जान बाट रोकिएको उल्लेख छ। रोकिएको मध्येमा सबभन्दा बढी मोरङका ३२ जना रहेका छन।त्यसै गरि सुनसरी र झापाका १०-१० जना रहेका छन।त्यस्तै उदयपुरका १२ जना , खोटाङ र धनकुटाका ५-५ जना , सिरहा ,सप्तरी ,संखुवासभा ,बाँके , सिन्धुली र सोलुखुम्बुका २-२ जना , र काठमाडौ ,उदयपुर ,भक्तपुर ,ईलाम , रुकुम ,ताप्लेजुङ ,कास्की र पाँचथरका एक – एक जना रहेका छन।साथै एक भारतीय महिलालाई पनि उद्धार गरिएको माइती नेपालको मोरङ संयोजक बिनोद पोखरेलले बताउनु भयो। उहाँले बेचबिखनकै लागि लैजान लागेको पुष्टि भएपछि नेपाल र भारतीय प्रहरीको सहयोगमा फर्काइएको र केही समय संरक्षण दिएर परिवारको जिम्मा लगाएको बताउनु भयो। एक वर्ष भित्रमा ४६ जना महिला हराएको प्रतिवेदनमा उल्लेख रहेकोमा ६ जना मात्र फेला परेका छन।१५ जना महिला माथी घरेलु हिंसा भएको र ३ जना माथी बलात्कार र दुईवटा मानव बेचबिखनको उजुरी माइती नेपालमा परेको छ। उक्त उजुरी उपर कार्वाहीका लागि माइती नेपाल आफै पहल गरि रहेको पोखरेलले बताउनु भयो। हाल मोरङमा माइती नेपाल ,ए बि सि नेपाल ,आफन्त नेपाल ,सानाहात,विश्व विस्तार लगायत संघ संस्था महिलाको हक र अधिकार संरक्षणका लागि काम गरि रहेको छ।उक्त संघ संस्थाहरुले सदैब महिलाको वकालत र संरक्षण गर्ने समेत पोखरेलले बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश