प्रदेश एक मा ५लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन
प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन
उषा सरदार, बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरको सहिद रंगशालामा आज भ्रमण वर्ष २०२० को भव्यताका साथ औपचारिक रुपमा उद्घाटन गरेको छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अतिथी देवो भव: भन्दै प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य सहित आज बिराटनगरमा एक समारोह बिच उद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्री मन्त्री शेरधन राईले भ्रमण वर्षलाई सफल बनाएर सुख, समृद्धि हासिल गर्ने यात्रामा सबै सरिक भइ सक्रियता देखाउदै देश र प्रदेश लाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान गर्नु पर्नेमा जोड दिनु भयो।उहाँले यो वर्ष नेपालको सुख र समृद्धिको बलियो जग हाल्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको सौर्न्दर्य लाई दर्साउने अवसर भएकोले सबै लाई सक्रिय योगदन गर्न आग्रह गरेको हो।मुख्य मन्त्री राईले नेपाल बहुजातीय ,बहुभाषिक ,बहुसाँस्कृतिक मुलुक हो। भौगोलिक ,प्राकृतिक तथा सामाजिक विविधता युक्त विशेषताले भरिएको र सजिएको सुन्दर देश हो नेपाल ।मनमोहक हिमालहरु र प्राकृतिक छटाहरुले भरिपुर्ण हाम्रो देश संसारको आकर्षणको केन्द्र बन्न सकिन्छ । हामी संग प्रकृति ,संस्कृति, सद्भाव र संस्कारले मानिसको मन लोभ्याउने ठूलो आधार रहेको छ। प्रदेश १ प्रकृति संगै उत्पादनका दृष्टिले पनि अब्ब्ल रहेनुको साथै अध्ययन अनुसन्धानका खानी रहेको बताउनु भयो। नेपाल सरकारले घोषणा गरेको एक सय पर्यट्किय गन्तव्य स्थल मध्ये १६ वटा पर्यटकिय गन्तब्य स्थल प्रदेश १ मा रहेको छ। प्रदेश १ मा नेपालकै सबभन्दा होचो केचना कवच देखि लिएर सबभन्दा अग्लो सगरमाथा यहि प्रदेशमा रहेको छ।यहाँ नाम्छे, चौरिखर्क,दुधकुण्ड केवलकार,धरान भेटेटार केवलकार, केचना टु सगरमाथा फास्ट ट्रयाक, भेटेटार स्काई वाक, मुन्धुम ट्रेल मार्ग, हिमालयन पद मार्ग निर्माण ,होम स्टे निर्माण ,चतरा- दोलालघाट र तुन्लिङ्गटार जलमार्ग प्रदेश सरकारले अघि बढाएका रुपान्तरणकारी परियोजनाहरु रहेको छ।
प्रदेश सरकारले आफ्नो आवधिक योजना मार्फत हाल यश प्रदेशमा पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा पुयाइएको १.९३ प्रतिशतको योगदानलाई आगामी ५ वर्षमा ५ प्रतिशत पुर्याउने बताउनु भयो। राईले प्रत्यक्षरुपमा ३२ हजारलाई दिइएको रोजगारीको संख्यालाई तेब्बर पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षलाई सफल बनाउन संघीय र स्थानीय सरकार संग तथा निजि र गैर सरकारी क्षेत्रसंग सहकार्य गरेको बताउनु भयो।उक्त कार्यक्रमको अवसरमा प्रदेश सरकारले ९ जनालाई पर्यटन सदभावना दुतका रुपमा नियुक्त समेत गरेका छन। प्रदेश सरकारले पर्यटक स्थललाई बिकास बिस्तार तथा पुर्वाधार निर्माण गर्न १ अर्ब ५१ करोड विनियोजन गरेको छ।