
भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन
भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन


उषा सरदार,बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरमा भ्रमण वर्ष २०२० को शुभारम्भ भव्य,सभ्य, र उत्साहका साथ सफल भएकोमा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले धन्यवाद दिनु भएको छ।मुलुक संघीयतामा गए पछिको पहिलो भ्रमण वर्ष २०२० को उद्घाटनमा बिराटनगरबासिको उत्साहजनक सहभागिता रहेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ। उहाँले अतिथी देव भवको मुल मन्त्रलाई आत्मसात गर्दै हामीले नेपाल आउने अतिथिलाई देवता समान सत्कार गनु पर्नेमा जोड दिनु भयो । वर्षेनी भ्रमणका लागि आउने पर्यटकहरु मध्ये ९५ प्रतिशत भारतीय पर्यटक नेपाल भित्रीने गरेको पाइएको छ। भ्रमणका लागि आउने पर्यटकहरूको प्रशासनिक कठिनाइलाई हल गर्दै जाने गरि योजना बनाउने बताउनु भयो। उहाँले पर्यटकहरुलाई खुल्लारुपमा आह्वान गरेर नेपाल भ्रमण गर्न बोलाउने यो तेस्रो संस्करण हो। पहिलो १९९८ मा, दोस्रो २०११ मा सफल बनाइ सकेका छौं ,यो तेस्रो संस्करण २०२० लाई पनि सबैको सकारात्मक साथ सहयोग र सक्रियताले सफल बनाउनु पर्नेमा जोड दिनु भयो। कुसियैतले भन्नू भयो हामिले हाम्रो प्रदेशको गन्तव्य स्थल र उत्पादन संगै हामीले हाम्रो आनिबानी र व्यबहारमा सकारात्मक परिवर्तन लयाउदै अतिथिलाई सत्कार र सम्मान गरि देश र प्रदेशको नाम र आय आर्जनमा सहयोग गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो। उहाँले यो उद्घाटन समारोहलाई भव्य र सफल बनाउन संचारकर्मीको बिशेश भुमिका संगै सबैको योगदान रहेको बताउनु भयो ।उहाँले उद्घाटन समारोहमा आमजनमानको उत्साह जनक सहभागिता रहेको दाबी गर्नु भयो ।
प्रचारप्रसार सम्योजक पुन्य भट्टराईले उद्घाटनकै दिन नेपालमा ४ हजार पर्यटक भित्रिएको दाबी गर्नु भएको छ।उहाँले भारतबाट आउने अधिकांश पर्यट्क सन्तुष्ट भएरै फर्किने गरेको बताउनु भयो। उहाले भ्रमण वर्ष २०२० को वर्ष भरिका कार्ययोजना नेपाल भ्रमण वर्ष २०२० मुल समारोह व्यवस्थापन समितिले सार्वजनिक गर्ने बताउनु भयो।उक्त समितिको अध्यक्ष उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैत, सह अध्यक्ष प्रदेश १ का मुख्य मन्त्री शेरधन राई लगायत ५१ सदस्य समितिको बैठकले अगामी कार्ययोजना बनाई सार्वजनिक गरिने बताउनु भयो।




