CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न

फेटा GP PSA
548
सिम्रौन्गढ़ नपा psa

गुल्मी, १९ पुस- गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर कुमार प्रधानले उद्घाटन गरे । शनिबार साधारण सभालाई संबोधन गर्दै प्रधानले उद्योगी व्यावसायीहरुले ढुक्कले लगानी गर्ने वातावरण राज्यले सृजना गर्न नसकेको बताए । ‘नेपालको समृद्धि उद्योग र पर्यटन हो तर सरकारले उद्योगी व्यावसायीलाई धरासायी पारिरहेको छ,’उनले भने,‘बैंकको क्रृण तिर्न नसकेर कति उद्योग टाट पल्टिने अवस्था आएको छ ।’ साथै प्रधानले सरकारको तीन खम्बे अर्थ नीतिलाई आफुहरुले पनि आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै अर्थतन्त्रको विकास र हितको लागि प्राईबेट सेक्टरलाई सरकारले पनि सहयोग पुराउनुपर्नेमा जोड दिए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जिल्लाका उद्योगी व्यावसायीहरुको व्यावसायीक हितमा आफुहरु सधै रहने बताए । उनले अहिलेसम्म सघले गर्दै आएको रचनात्मक कार्यहरुलाई स्थानीय तहहरुको सहकार्यमा अझै जिल्लाव्यापी बनाउने बताए । साथै भलामीले भ्रमण बर्षलाई टेवा पुराउने उदेश्यले आउने २१ चैत्रदेखि १ बैशाखसम्म प्रादेशिक औद्योगिक एवं व्यापार मेला आयोजना गर्ने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सामाजिक कार्यमा सक्रिय
गुल्मी उद्योग बाणिज्य संघले समाज विकासका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको छ । अहिलेसम्म संघले रक्त संञ्चार केन्द्र स्थापना र बाढी पहिरो र अन्य विपत्मा परेका परिवारहरुलाई सहयोग गर्दै आएको छ । उद्योग बाणिज्यसंघले रेसुङ्गा नगरपालिका, शहरी विकास तथा भवन डिभिजन कार्यालयको सहकार्यमा चिदिचौरमा मञ्च तथा क्रियापुत्री भवनको निर्माण गरेको वाणिज्य संघका सचिव राजकुमार कक्षपतिले बताए । साथै नगरपालिकाको सहयोगमा पुतलीबजारमा पुल निर्माण समेत गरिएको छ । त्यस्तै ‘एक गाउँ एक उत्पादन’ अन्तरगत कफिको क्षेत्रमा काम भएको छ । भने किसानका लागि उन्नत बिउबिजन कार्यक्रम अन्तरगत बिउ, मासु र दुधको बजारीकरणको क्षेत्रमा काम गरिएको कृषि उद्यम विकास समितिका संयोजक गोपाल भुसालले बताए ।

बिपन्न परिवारका लागि क्लोथ बैंक
गुल्मी उद्योग बाणिज्य संघले क्लोथ बैंक संचालनमा गरेको छ । बैंकबाट अनाथ, असहाय, अपाङ्ग तथा दैविक प्रकोप पीडित परिवारलार्ई न्यानो कपडा वितरण भैरहेको छ । यो बर्ष विभिन्न जिल्लाका एक सय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको बाणिज्य संघले जनाएको छ । क्लोथ बैंकमा अझै दुई सय बढि व्यक्तिहरुलाई बितरण गर्न पुग्ने लत्ताकपडा र चार लाख बैंक मौज्दात रहेको संघका महासचिव तारा भुसालले बताए । साथै भुसालले संघ मार्फत तम्घास बजारमा सिसि क्यामेरा जडान, असाहय तथा बिपन्न सिता पन्थीको घर निर्माण तथा मृगौला पीडित अनमोल शाक्यलाई समेत आर्थिक सहयोग गरेको बताए ।

रेसुङ्गामा आधुनिक सिडी निर्माण
गुल्मी उद्योग बाणिज्य संघले रेसुङ्गाको पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पु¥याउँदै आएको छ । जसका लागि रेसुङ्गा पोखरीदेखि यज्ञशालासम्म निर्माण भैरहेको रेलिङ्गसहितको आधुनिक सिढीको लागि करिव १५ लाख सहयोग गरेको कोषाध्यक्ष इश्वरी प्रसाद बेल्बासेले बताए । त्यसबाट पोखरीदेखि यज्ञशालासम्म पुग्ने तिर्थयात्रीलाई सहज हुनेछ । साथै उद्योग वाणिज्य संघ र रुरु रेसुङ्गा पर्यटन विकास समितिको सहकार्यमा दोस्रो गुल्मी महोत्सव पश्च्यात रेसुङ्गा पोखरीमा २७ धारा तथा मैरी निर्माण गरेको थियो । हरेक महोत्सवबाट बचत मध्येबाट सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरु भैरहेको बेल्बासेले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश