CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

फेटा GP PSA
502
सिम्रौन्गढ़ नपा psa

२२ पुस, गुल्मी – गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् ।

Karaiya Mai Notice Winter

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को जनहित प्राबिमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा बिरतण गरिएको हो । बिद्यालयमा पढने २१ जना असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा अन्र्तग सुइटर र टोपी बितरण गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एबम् बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बिजयकुमार मरासिनीले बिद्यार्थीहरुलाई न्याने कपडा बितरण गर्नुभयो । कपडा बितरण गर्दै अध्यक्ष मरासिनीले स–साना बिद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । उहाँले बिद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा राज्यबाट भन्दा पनि निजि क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो । उहाँले बिद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक बिद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताउनु भयो । चिसो बढदै गएसँगै असाय अशक्त बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको डिभाइन युथ क्लवका अध्यक्ष शुश्मा घिमिरेले बताउनु भयो । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरको भनाई छ । क्लवले गत वर्ष तिहारमा देउसी भैलो खेलेर बिभिन्न सामाजिक कार्य गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

असाय अशक्त बिद्यार्थीकोहरुलाई सहयोग गरेर बिद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा बितरण गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो । गुल्मीमा डिभाइन युथ क्लवले जिल्लामा बिभिनन समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गर्दै आएका छन् ।क्वलद्धारा तम्घासको उपल्लो तम्घासमा रहेको फरक क्षमताका बिद्यार्थीहरुले पढने बिद्यार्थीहरुलाई कपडा बितरण, सिमीचौर, दुबीचौर, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त बिद्यार्थी शैक्षिक सामाग्री बितरण गर्दै आएका छन् । त्यस्तै क्वलद्धारा जिल्लाका धार्मिक मठमनदीरहरुमा सरसफाई, जिल्लामा हुने बिभिन्न स्वास्थ्य बिहिरहरुमा स्वयसेबक भएर काम गर्दै आएका छन् । क्लवबाट गरिने बिभिन्न कार्यको यहाँका बिभिन्न संघसंस्थाबाट बेलाबखतमा प्रशंसीत गर्ने कार्य पनि गर्दै आएका छन् । राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लव ०६९ सालमा स्थापित क्लव हो । यसको नेपाल भर ६५ वटा शाखाहरु रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश