CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

यू यूथ अफ उर्लाबारीले मञ्जुललाई सम्झियो

यू यूथ अफ उर्लाबारीले मञ्जुललाई सम्झियो

Pheta Chhath Shubhakamana
458
Bara Gadhi Notice winter

उर्लाबारी,देशविदेशमा आफ्नो शिल्पमार्फत योगदान पुर्याइसकेका मुर्तिकार मञ्जुल मितेरीलाई शुक्रबार एक समारोहकाबीच उर्लाबारीमा सम्मान ग्िरएको छ । यू यूथ अफ उर्लाबारीले मुर्तिकार मितेरीलाई खादा ओढाई सम्मानपत्र दिएर सम्मान गरिएको हो ।
सानै उमेरदेखि ढुंगामा कला भर्न सिपालु मञ्जुल हाल मुलुककै सिद्धहस्त मुर्तिकारका रुपमा परिचित छन् । उनलाई उर्लाबारीका उत्साही यूवा समुहले विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मान गर्दै मञ्जुलका व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले रहरका लागि मात्र मुर्ति कुँदने मञ्जुललाई व्यवसायिक बनाउन आफुले अभिप्रेरित गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, मञ्जुलको लोभलाग्दो कला देखेर उनलाई पारिश्रमिकसहित मुर्ति बनाउने काम आफैले शुरु गराएको हु । कलाकारले श्रमको उचित मूल्य पाउन नसकेको प्रति चिन्ता प्रकट गर्दै पौडेलले भन्नुभयो, राज्य कलाकारमैत्री हुन आवस्यक छ । यस्तै, समाजसेवी जयधर्म आचार्यले स्थानीय तह र अरु निकायले वेवास्ता गरेकै कारण मञ्जुलले एक हजार मुर्ति राज्यलाई प्रदान गर्ने घोषणा अलपत्र परेको बताउनुभयो । योजना बनाएरै मञ्जुलका मुर्तिहरुको संरक्षण गर्न सके उर्लाबारीको नाम देशविदेशमा चम्कने आचार्यको भनाई थियो । अर्का वक्ता समाजसेवी पूर्ण वाइवाले कुनै सम्मान पुरस्कारभन्दा मुर्तिकारको वास्तविक मर्मलाई सम्बोधन गर्ने योजना बनाउन स्थाननीय तहलाई आग्रह गर्नुभयो । उहाँले मञ्जुलको विगत सम्झदै आफ्नोतर्फबाट अल्पकालिन नै भएपनि मञ्जुल संग्रहालय सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो । सम्मानित व्यक्तित्व मञ्जुलले भावुक हुँदै आफुलाई उर्लाबारीवासी र यहाँका संघसंस्थाले ठुलै गुन लगाएको बताउनुभयो । एक हजार मुर्ति राष्टलाई प्रदान गर्ने आफ्नो सपना चाडै साकार हुनेपनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
मुलुकका धेरै स्थानमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका मुर्ति तथा प्रतिमा बनाइसकेका मञ्जुलले सात समुन्द्रपार जापानसम्म पुगेर प्रतिमा निर्माण गरी प्रशंसा बटुलिसकेका छन् । श्रीसगरमाथा सहकारीको सभाहलमा भएको कार्यक्रमा विदुर कार्की, र्कष्ण उदासी लगाएतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका तर्फबाट सहसचिव किशोर श्रेष्ठको स्वागत मन्तव्य, सचिव सुरेन शमाको संञ्चालन र अध्यक्ष प्रेमराज शर्माको सभापतित्व रहेको थियो । यू यूथ अफ उर्लाबारी सामाजिक गतिविधिमा नगरमै अग्रणि मानिन्छ ।

Baiju sah