CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अवैध लागु औषध चरेश सहित एक जना पक्राउ

फेटा GP PSA
2,245
सिम्रौन्गढ़ नपा psa

बीरगंज,पर्सा ।।  अवैध लागु औषध चरेश सहित एक जना लाइ बिरगंज महानगरपालिका वडा न.१६ शंकरचार्य गेट स्थित सडक खण्ड बाट पक्राउ गरेको छ । फाल्गुन ११ गते सनिवार करिब ।५:४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जि। पर्सा शंकरचार्य गेट स्थित सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा पक्राउ गरेको छ। नेपालबाट भारत तर्फ पैदल हिडी जादै गरेको भारत बेस्ट बंगाल कलकता घर बताउने महम्मद जलालउदिनको छोरा बर्ष ३१ को महम्मद फैयाजको साथबाट लागु औषध चरेस ४ किलो फेला परेकोले सो लागु औषध सहित निज महम्मद फैयाजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस- विज्ञप्ती जारी गरि जनाएको छ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश