उषा सरदार,बिराटनगर
जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले एसिड खाएको ५ वर्षीय रिहान धिमालको सफल उपचार गरेर ज्यान बचाएको छ।सफारिमा हाल्ने एसिड खाए पछि बेलबारी स्थित नोबेल अस्पतालमा र धरानस्थित घोपा क्याम्पले रिफर गरेको बच्चाको जेनरल अस्पतालको बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले सफल उपचार गरेको हो। बच्चाको आमाले धरानमा भर्ना लिन नमाने पछि हामीले त आशानै छाडी सकेका थियो। तर यहाँ आएर डा . शाहले सफल उपचार गरेर मेरो बच्चालाई नयाँ जीवन नै दिनु भएको बताउनु भयो। पुस २९ गते अस्पताल भर्ना भएको रिहान एक हप्ता पछि आज डिस्चार्ज भएर घर फर्किएको छ। ४ महिना अगाडी संचालनमा आएको उक्त अस्पतालले गरिब र असहायहरुलाई बेला बेला विशेष छुट दिदै सहयोग गर्दै आइरहेको छ। बालरोग विशेषज्ञ डा. फरेन्द्र शाहले हामीले जस्तो सुकै बिरामीलाई खुशी र सन्तुष्ट बनाएर पठाउने गरेको बताउनु भयो। उहाले हामीले दिएको सेवाले सेवाग्राही संतुष्ट होस भन्ने चाहना का साथ सेवा गरि रहेको बताउनु भयो