CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पार्टीलाई सहि दिशा प्रदान गर्न नेताहरुले पद र स्वार्थ छोडन सक्नु पर्छ -सुजाता कोइराला

पार्टीलाई सहि दिशा प्रदान गर्न नेताहरुले पद र स्वार्थ छोडन सक्नु पर्छ -सुजाता कोइराला

Pheta Chhath Shubhakamana
611
Bara Gadhi Notice winter

उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसकि केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाइ सहि दिशा प्रदान गर्न नेताहरुले पदिय स्वार्थ र यिगो छोड्नु पर्ने बताउनु भएको छ।पार्टी भित्र रहेको गुट र उपगुटहरुलाई अन्तय गर्न नेताहरुले आवश्यकता परेको बेला पार्टीको हितको लागि परिस्थिति अनुसार पदलाई त्याग्न र सहि नेतृत्व चयन गर्न सकनु पर्ने बताउनु भयो। प्रेस युनियन मोरङ्ग शाखाले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको अस्तित्व जोगाउन नेताहरुले आ- आफ्ना स्वार्थ बाट माथी उठनु पर्ने बताउनु भयो।पार्टीलाई पहिलो प्राथमिकतामा राख्दै म भन्ने भावनालाई हटाएर हामी भन्ने भावना सहित नयाँ अनुहार र नेतृत्वको आवस्यकता रहेकोले पार्टीलाई अगाडी बढाउन सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउनु भयो। पार्टीलाई नयाँ दिशा र उर्जा प्रदान गर्न हामी तिनै जना एकै ठाँउमा उभिएका छौ। हाम्रो पुर्खाहरुले बनाएको पार्टीलाई बचाउन हामीलाई पद छोडनु पर्‍यो भने पनि छाडन तयार रहेको र पार्टीको आवश्यकता अनुसार पार्टीको अस्तित्व जोगाउन पार्टीको नेतृत्व समेत लिन तयार रहेको बताउनु भयो। उहाले यो भावना हरेक नेतामा हुनु पर्ने बताउनु भयो। उहाँले नेपाली भुमी लिपुलेक लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा चढाई सकेको बेला दुई देश बिच बहस र सम्वाद गरेर समस्या समाधान गरिनु पर्ने बताउनु भयो। उहाँले एमसिसीका केही बुँदाहरुलाई परिमार्जन गरियो भने यो परियोजना राष्ट्रको लागि राम्रो हुने बताउनु भएको छ।

Baiju sah