

विराटनगर ,संवाददाता
विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले बैठक बसि १३अौ बृहत भेला लाई सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेका छन ।विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफड गरेका छन।मुल समितिको संयोजकमा कुशेस्वर राजवंशी ,आर्थिक संयोजकमा सत्यनारायण राजवंशी , सञ्चार राजेश कुमार राजवंशी ,स्वयंसेवक संयोजक सेवक राजवंशी ,मञ्च ब्यबस्थापन संयोजक लक्ष्मीकान्त बिश्वास राजवंशी ,स्वागत सम्मान संयोजक योगिता कुमारी राजवंशी ,सस्कृतिक तथा झाकी ब्यवस्थापन संयोजकमा शिव कुमारी राजवंशी रहेका छन। विराट राजवंशी उत्थान समाज केन्द्रिय कार्यालयले प्रत्येक वर्ष फागुन ६गते को बृहत भेलामा जातीय रितिरिवाज झल्कने झाकिहरु पहिचानलाई जोगाउन जातीय पोशाक लगायतको प्रदर्शन समेत गर्ने गरेका छन।सोही लाई निरन्तरता दिदै १३अौ बृहत भेला मा समाजका अगुवाहरु शिक्षक ,कर्मचारी ,बुद्धिजीवी ,पत्रकार,किसान ,विद्यार्थी ,युवा, युवती लगायत सम्पुर्ण जनसमुदायलाई भेलामा सहभागी हुन आव्हान समेत गरेको छ । विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिको अध्यक्ष भुवनेस्वर मन्डल राजवंशीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।





