CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिताराम नाम जप महायज्ञको तयारी पूरा

सिताराम नाम जप महायज्ञको तयारी पूरा

फेटा GP PSA
6,329
सिम्रौन्गढ़ नपा psa

उषा सरदार,बिराटनगर
मोरङको ग्रामथान र बुढी गंगा गाउँपालिकाको सिमानामा रहेको दोहमना घाट त्रिवेणि संगम,गिधिनियामा माघ १२ गते देखि हुन लागेको सिताराम नाम जप महायज्ञको सम्पुर्ण तयारी पूरा भएको छ। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्री सिताराम हनुमान त्रिवेणि संगम दोहमना र श्री हनुमान आराधना मण्डल नेपाल मोरङको संयुक्त आयोजनामा हुन लागेको महायज्ञको सम्पुर्ण तयारी बारे जानकारी गराएको हो। परम तपस्वी सन्त आत्मानन्द दास महा त्यागी चट्टि बाबा ( नेपाल बाबा ) को आगमनबाट हिन्दु धर्मको संरक्षण ,सम्बर्द्धन एवं प्रचार प्रसारको आवश्यकता महसुस भएको कारण विश्व कल्याणार्थ सिताराम नाम जप महायज्ञ गर्न लागिएको अध्यक्ष पुलिस विश्वासले बताउनु भयो।

Karaiya Mai Notice Winter

उहाले हरेक दिन ३ बजे देखि ५ बजे सम्म बाबाको मुखार बिन्दुबाट प्रवाचन गरिने कार्यक्रम रहेको छ। यस महायज्ञमा १ हजार ८ शिवलिङ्गको स्थापना गरि १७ हजार राम नाम जप गरिने जानकारी गराउनु भयो। उक्त महायज्ञमा १ हजार ८ मण्डलीको साथमा ११ सय दम्पति एकै साथ १ सय कुण्डमा राम राम मन्त्रले हवन गरिने बताउनु भयो। साथै वाल्मीकि रामायण अनुसार २४ हजार श्लोक उचारण गरि हवन गरिने छ।उक्त महायज्ञमा भक्तजनहरुले हवन गर्न पाउने समेत व्यवस्था मिलाएको आयोजकले बताउनु भयो। २५ बिघाहा क्षेत्रफलमा हुन लागेको महायज्ञमा १२ गते आइतबार मुण्डन संस्कार शिक्षा,१३ गते कलश यात्रा,१४ गते चौथी पंचाङ पुजा,१५ गते शिवजीको मण्डप प्रवेश ,१६ गते अग्नि मंथन र हवन, किर्तन सुरुवात सगै २६ गते पुर्ण आहुती सगै महायज्ञ सम्पन्न हुने आयोजक विश्वासले बताउनु भयो। उक्त महायज्ञको आकर्षक को रुपमा बाँस र परालको प्रयोग गरेर २१ हजार ६ सय ९ स्क्वायर फिट लम्बाइ चौडाई बराबरको ११ तल्ले महायज्ञ हवन कुन्डको निर्माण गरेको छ ।उक्त महायज्ञमा भक्तजनहरुको सुबिधाको लागि आवास, खानेपानी, भोजन शौचालय ,संचारको समेत व्यवस्था गरिएको छ। साथै उक्त महायज्ञले आन्तरिक तथा बाहिय पर्यटक प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ। ६ करोडको लागतमा हुन लागेको उक्त सिताराम नाम जप महायज्ञमा नेपाल र भारत गरि करिब ४ लाख भक्तजनले अबलोकन गर्ने आयोजकको अनुमान रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश