CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको बिराटनगरबाट शुभारम्भ

अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको बिराटनगरबाट शुभारम्भ

Pheta Chhath Shubhakamana
658
Bara Gadhi Notice winter

उषा सरदार,बिराटनगर
प्रदेश १ का सामाजिक बिकास मन्त्रालयको अगुवाइमा आज बिराटनगरबाट अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको शुभारम्भ गरिएको छ। प्रदेश सरकार,स्थानीय सरकार तथा करुणा फाउन्डेसन नेपालको सहकार्यमा संचालित अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको शुभारम्भ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गमलामा पानी हालेर गर्नु भएको हो।

Karaiya Mai Notice Winter

उक्त कार्यक्रममा बोल्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश १ लाई अपाङ्गमैत्री प्रदेश बनाउने अभियानमा रहेकोले उक्त अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ। यो अभियानमा स्थानीय तहहरुको समेत सहभागीता रहेकोले यो अभियान पुर्ण रुपले सफल हुने समेत उहाँको बिशवास रहेको छ।राईले सबैको सहभागिता र प्रतिबद्धताका साथ हामी संविधान र संघीयताको कार्यान्वयनमा रहेका छौ। हामी समृद्धि नेपाल र सुखी नेपाली सहितको देश बनाउने अभियानको बाटोमा रहेकोले हामीले समाजका विभिन्न क्षेत्रमा काम गर्नु पर्ने भएकोले अपाङ्गगता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्गे बताउनु भयो।विभिन्न अभियान र नीति लिएर प्रदेशलाई अपाङ्ग रहित प्रदेश बनाउने उदेश्यका साथ अगाडी बढनु पर्ने बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८

उहाँले अपांगता भएकाहरुको भावनाको सम्बोधन गर्ने गरि अब बन्ने नयाँ भौतिक संरचनाहरु अपांग मैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा अपाङ्ग बालबालिका जन्मने कारण पत्ता लगाई त्यसलाई रोकन हामी सबै प्रतिबद्ध हुनु पर्ने बताउनु भएको छ।राईले अपाङ्गतालाई नियन्त्रण गर्न योजना बद्ध रुपमा गर्भवती भएकै अवस्था देखि गर्भवती महिलाको घरमा फरक पहिचान राखी प्रदेश सरकारले आवश्यक सेवा सुबिधा उपलब्ध गराउने बताउनु भयो। साथै गर्भवती स्याहारको लागि मोबाइलबाट पनि सुचना पाउने व्यवस्था गर्न लागेको बताउनु भयो। उहाँले प्रदेश १ का १ सय ३७ वटा पालिका मध्ये पहिलो चरणको कार्यक्रम अन्तरगत मोरङ,सुनसरी ,धनकुटा र पाँचथर गरि ४ वटा जिल्लाका २७ वटा पालिकामा यो अभियान संचालन गरिने बताउनु भयो। प्रदेश १ का सबै पालिकामा कार्यक्रम सम्पन्न गर्न कुल १ अर्ब ८६ करोड ६ लाख २४ हजार ३ सय ६० रुपैया खर्च हुन अनुमान गरिएको छ। करुणा फाउन्डेसनका अध्यक्ष भगवान कोइरालाले अभियानबाट उजागर हुने समस्यालाई समाधान गर्दै जाने बताउनु भयो। उहाँले नेपालका सातै प्रदेशमा विशिष्टिकृत अस्पतालको स्थापना गरिने बताउनु भएको छ। बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले समाजमा रहेको बिल्क्षण्ता र अपाङ्गता भएको हरुको पहिचान सहयोग गरिनु पर्ने बताउनु भयो ।


उहाँले प्रदेश सरकारले सुरु गरेको अभियानमा सकेसम्म सहयोग गर्ने बताउनु भयो। कार्यक्रममा शारीरिक अशक्ततता भएर पनि प्रतिभा शाली साहित्यकार झमक कुमारी घिमिरे र संगितकार तथा चित्रकार अमिर ब्यन्जनलाई सम्म गरिएको छ भने व्हिल चियरमा नेपालयात्रा गर्ने ओखलढुंगाका तेजबहादुर कार्कीलाई ५१ हजार नगद सहयोग सहित सम्मान गरेको छ भने मुख्री मन्त्री राईले प्रदेश सरकारको तर्फबाट कार्कीलाई थप १ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ। साथै उक्त कार्यक्रममा ५ जना शारीरिक अशक्त रहेको बालबालिकालाई व्हिल चेयर बितर्न गरेको छ।

Baiju sah