CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

नेपाल प्रहरीबाट तीन वटा संस्थाका प्रतिनिधी सहित स्थानिय सरकार प्रमुख सम्मानित

नेपाल प्रहरीबाट तीन वटा संस्थाका प्रतिनिधी सहित स्थानिय सरकार प्रमुख सम्मानित

Pheta Chhath Shubhakamana
943
Bara Gadhi Notice winter

बिराटनगर, संवाददाता
शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माणको लागि समुदाय-प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी आम नागरिकहरूमा प्रहरी र स्थानिय सरकारप्रति विश्वास र सुशासनको अभिबृद्धि गर्ने कार्यमा मोरङका पालिकाहरूको सहभागिता, सहकार्य र साझेदारीको उच्च मुल्याङ्कन गर्दै शुक्रबार नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालब प्रेषित सम्मान पत्र १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीज्यूले १७ वटा स्थानिय तह प्रमुख र ३ वटा संस्थाका प्रतिनिधीहरूलाई प्रदान गर्नुभयो ।

महानगरपालिका को मेयर
बिराटनगर
Karaiya Mai Notice Winter

त्यस्तै लैंगिक हिंसा बिरूद्धको अभियान, २०७६ लगायत नेपाल प्रहरीले संचालन गरेका हिंसा न्यूनीकरण तथा अपराध रोकथामसँग सम्बन्धित बिविध कार्यक्रममा सहभागिता जनाई जिल्लाका दुरदराजका वस्तीसम्म पुगेर अपराध विरूद्ध सामाजिक सचेतना जगाउन हिंसा पीडितको संरक्षण तथा कानूनी उपचार दिलाउन महत्वपूर्ण भूमिका पुर्याजएकोले ABC नेपालकी बिष्णु शर्मा, विश्व सेवा विस्तार संस्थाबाट मुना आचार्य तथा महिला पुर्नस्थापना केन्द्र मोरङकी कार्यक्रम अधिकृत सरस्वती दनुवारज्यूलाई समेत नेपाल प्रहरीले सम्मानित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको उक्त कार्यक्रमको स्वागत मन्तब्य दिदै जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीज्यूले मानव जीवनको खाना पछिको पहिलो आवश्यकता नै सुरक्षा आवश्यकता भएको तथा विकासको पूर्वसर्त सुरक्षा भएको कारण राज्यमा सुरक्षा ब्यवस्था मजवुद पार्न यसरी नै आ-आफ्नो क्षेत्रबाट नेपाल प्रहरीसँग निरन्तर सहकार्य गर्नको निम्ति उपस्थित सबैमा आग्रह गर्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

त्यस्तै उपरीक्षक अधिकारीले प्रहरीको कार्यक्षेत्र नागरिक समुदाय भएको र यसको लक्ष्य नागरिक केन्द्रित दक्ष व्यावसायीक प्रहरी सेवा रहेको समेत प्रष्ट पार्नुभयो ।
उक्त अवसरमा ABC नेपालकी बिष्णु शर्माज्यूले शान्ति सुरक्षा, महिला हिंसा लगायतका सामाजिक विकृतिजन्य कार्य रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सह्रानीय कार्य गर्दै आईरहेको भन्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै सुन्दरहरैचा नगरप्रमुख शिव प्रसाद ढकालज्यूले समुदाय-प्रहरी साझेदारी कार्यक्रमले जनस्तरमा प्रहरी जनताकै हो भन्ने आत्मवोध गराउन सफल भएको भन्दै प्रहरी महानिरीक्षक तथा समग्र संगठनप्रति आभार प्रकट गर्नुभयो ।
सोही अवसरमा विशिष्ट अतिथिको आसनबाट आफ्ना विचारहरू राख्ने क्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीज्यूले जिल्ला प्रहरी कार्यालय मोरङ तथा विराटनगर महानगरपालिकाको सहकार्यमा लागु औषध दुर्ब्यसनी लगायतका समाजमा व्याप्त बिकृतिजन्य कार्यहरू निरूत्साहित गर्न थुप्रै कार्यक्रम गर्दै आएको भन्दै आयोजक जिल्ला प्रहरी कार्यालय मोरङ तथा समग्र प्रहरी संगठनप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नुभयो ।
अन्त्यमा कार्यक्रमका सभाध्यक्ष तथा १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीज्यूले जनता र प्रहरीबीचको सम्बन्ध सुदृढ गर्दै समाजमा भएका अवाञ्छित कृयाकलाप तथा मानवता बिरूद्धको कार्यमा स्थानिय सरकार तथा अगुवा नागरिकहरूसँग हातेमालो गर्न समुदाय प्रहरी साझेदारी अवधारणा अघि सारिएको बताउनु भयो । साथै प्रनामनि ज्ञावलीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम केवल नेपाल प्रहरीको मात्र नभई नेपाल सरकारकै कार्यक्रम भएको तथा यसको कार्यान्वयनको लागि स्थानिय तहबाट श्रोत साधन प्राप्त हुनु सह्रानीय कार्य भएकोमा समेत जोड दिनुभयो ।

Baiju sah