CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

माधोपुरमा हनुमानको प्राणप्रतिष्ठाका निमित्त आयोजना गरिएको यज्ञ सम्पन्न ।।

Pheta Chhath Shubhakamana
691
Bara Gadhi Notice winter

विकाश पाण्डेय रौतहट रौतहट माघ २१
रौतहटको माधवविनारायण नगरपालिका वडा नं ६ माधोपुरमा हनुमानजीको
प्राणप्रतिष्ठाका लागि आयोजना गरिएको यज्ञ आज सम्पन्न भएको छ ।

माधोपुरमा निवनिर्मित हनुमान मन्दिरको प्रांगनमा गत शुक्रवारबार देखी सुरु
भएको यज्ञलाई आज विधिवत रुपमा समापन गरिएको छ ।
दशक भन्दा बढि दिन देखी माधोपुर स्थित दक्षिणवारी टोलमा जिर्ण अवस्थामा
रहेको हनुमान मन्दिर र उनको मुर्तिलाई भत्काई नयाँ मन्दिरको निर्माण र
नयाँ मुर्तिको अवशेष ल्याइ स्थापना गरिएको पुर्वसन्धयामा उक्त यज्ञको
आयोजना गरिएको थियो ।जिर्ण रहेको हनुमान मन्दिरको भवन माधवनारायण नगरपालिकाको १४ लाख नगरस्तरीय बजेटबाट गत वर्ष निर्माण भएको थियो .
यज्ञ अन्तर्गत माधोपुरमा माघ १७ गते शुक्रवारका दिन ५५० जना कुमारी कन्याद्धारा कलशयात्रा गरिएको थियो भन्ने शुक्रवार बेलुका ७ बजेदेखी प्राणप्रतिष्ठान, शनिवारदेखी आईतवारसम्म हनुमान आराधना र १९ गते आईतवारदेखी नै ४८ घण्टासम्म लगातर रामधुन भएको थियो । ४८ घण्टे रामधुन आज बेलुका ५ बजे सम्पन्न भएको बताईएको छ । माधोपुर गाउँवासीको सहयोगमा हनुमानको प्राण प्रतिष्ठा र गाउँको सुख शान्ति एवं कल्याण्का लागि उक्त यज्ञको आयोजना गरिएको आयोजककर्ताका विरझन यादवले बताउनुभयो । समापन्न कार्यक्रममा आज आयोजकको तर्फबाट विरझन यादवले मन्दिर
निर्माण र यज्ञमा महत्वपुर्ण योगदान गरेको भन्दै माधवनारायण नगरपालिकाका
नगर प्रमुख विरेन्द्र यादवलाई दोसल्ला र गम्छा ओढाएर सम्मान गरेको
स्थानीय विगन यादवले बताए ।

Baiju sah