CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको मत्सरीमा हथौडा प्रहार गरी एक वृद्धको हत्या

रौतहटको दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो।

फेटा GP PSA
659
सिम्रौन्गढ़ नपा psa

रौतहटको दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो। सोमबार राति खाना खाएर घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको गाइगोठमा सुत्न गएका पण्डित मंगलबार बिहान अवेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उनको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घर मै सुतिरहेको अवस्थामा उनलाई हथौडाले टाउकोमा हानेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा लगिएको उनले बताए। कसैले हत्या गरेको बारेमा अनुसन्धान गरि रहेको बताएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश