CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

चुनावको बेला देखेको सपना साकार हुँदै: मेयर गच्छदार

चुनावको बेला देखेको सपना साकार हुँदै: मेयर गच्छदार

Pheta Chhath Shubhakamana
463
Bara Gadhi Notice winter

दुहबी,प्रेम गिरी

Karaiya Mai Notice Winter

चुनावको बेला आफुले देखेको सपना साकार हुँदै गएको दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले बताउनु भएको छ । दुहबी वडा नम्वर ४ मा ४ वटा महत्त्वपूर्ण योजनाको शिलान्यास गर्नु हुँदै मेयर गच्छदारले दुहबी नगरवासिले गर्व गर्नु पर्ने बताउनु हुँदै आफ्नो सपना पुरा हुने बिश्वास व्यक्त गर्नु भयो । महत्वकांक्षि योजनाकोरुपमा रहेको ७०० जना अटाउने क्षमता भएको मनमोहन सामुदायिक भबन तथा फिजिकल फिट्नेस सेन्टर, ब्यब्स्थित हाट बजार, रंगशाला र ब्यब्स्थित माछा मासु पसलको शुक्रबार शिलान्यास गर्नु हुँदै मेयर गच्छदारले बिकासको काममा कुनै विभेद न गर्ने प्रतिबद्धता दोहोरयाउनु भयो । ब्यब्स्थित हाट बजार र ब्यब्स्थित माछा मासु पसलको छेउमा कोल्ड स्टोर समेतको निर्माण गरिने जनाउनु भयो । मेयर गच्छदारले दुहबीको बसपार्क, दुहबी नगर पालिकाको कार्यालय अगाडी रहेको १० कठ्ठा जग्गामा सपिङ कम्प्लेक्स, एग्रो प्रोसेस सेन्टर,मिल्क प्रोसेस सेन्टर,फोहोर ब्यब्स्थापन सेन्टर लगायतको योजनाको डिपिआर भैसकेकोले चाडैनै काम सुरु हुने जानकारी दिनु
भयो । आजै दुहबी वडा नम्बर १२ मा १ करोड ४ लाख १३ हजारको लागतमा कालो पत्रे सडकको समेत मेयर गच्छदारले शिलान्यास गर्नु भयो । शिक्षा र स्वास्थ्यलाई समेत प्रमुख प्राथमिकतामा राखेको बताउनु हुँदै मेयर गच्छदारले कमजोर विद्यार्थीहरुलाई प्राबिधिक धारमा ल्याउन टेक्निकल ईन्स्टिच्युट खोल्ने अबधारणा सुरु गरेको जानकारी दिनु भयो । शिलान्यास समारोह कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै मनमोहन पोलिटेक्निक बुढीगंगाका प्राचार्य सुवासश्री पोखरेलले मनमोहन सामुदायिक भबन बहु आयामिक हल भएकोले खेलकुद बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो । दुहबी नगर पालिकाले जग्गा उपलब्ध गराए प्राबिधिक विद्यालय खोल्न इच्छुक रहेको बताउनु हुँदै प्राचार्य
पोखरेलले एक नम्बर प्रदेश सरकारले मनमोहन पोलिटेक्निक सगको सहकार्यमा सबै प्रकारको सीप मुलक तालीम निशुल्क गरेकोको दुहबीका वडाअध्यक्षहरुले आआफ्नो वडाबाट छानेर तालीमको लागि तयार पार्न सुझाव दिनु भयो । फरक प्रसङ्गमा वहाँले दुहबीमा बन्द रहेको लुनकरण दास गंगादेबि चौधरी च्यारिटी अस्पताल खुलाउन आफ्नो सक्दो सहयोग
रहने बताउनु भयो । कार्यक्रममा दुहबी नगर पालिकाकि उपमेयर सुनिता दाहाल(शाह) दुहबी नगर पालिकाका वडाध्यक्ष तथा वडा सदस्य हरु, एले भेन एरोज क्लब दुहबी का अध्यक्ष दिपक राई, समाजसेवि लगायत स्थानियवासीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो ।

Baiju sah