CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न

फेटा GP PSA
1,935
सिम्रौन्गढ़ नपा psa
प्रभु यादव, बारा।।  बाराको महागढीमाई नगरपालीकामा स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जनता श्यामबाबु सहनीले गरीबलाई धनीले कहिलै राम्रोसग हेर्दैन बताए । स्थानीय मदन माझीले गाउमा दलितलाई चपाकलको व्यवस्था नगरी गैर दलितलाई लक्षित गरि गाडी दिएको अारोप लगाएको छ । जाडोमा कपडा बडदा दलित बस्तीको मुसहरटोलमा नदिएको गुनासो गरे माझीले । महागढीमाई नगरपालीकाको वार्ड नम्वर ७ मा रहेको सिसहनीया टोलमा गरिएको कार्यक्रममा स्थानीय झकड साहले गाउमा चार पाग्रे ठुलाो गाडी अाउदैन तर टासिएकै छेछाउको गाउमा बस चलने बाटो रहेकोले बाटो बनाई दिन जनप्रतिनिधिसग अाग्रह गरेको छ । किस्मती देवी रामले महिलाहरूलाई बाटो हिडन सुरक्षाको वातावरण बनाउन र चर्पी नभएका गरीबहरूलाई बनाउनमा सहयोग गर्न नगरपालीकासग अाग्रह गरेकाछन ।
नागरीक संवाद मञ्च महागढीमाई नगरपालीकाको अायोजनामा र जनजागरण युवा क्लवको सहकार्यमा स्थानीय सरकारसग जनता कार्जक्रम श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय सिसहनीयामा सञ्चान भई सम्पन्न भएको छ । वार्ड नम्वर ७ को अध्यक्ष रामजन्म प्रसाद यादवको सभापतित्वमा महागढीमाई नगरपालीकाको उपमेयर तारा देवी साह कानुको प्रमुख आतिथ्यमा भएको कार्जक्रमा जनतासग अाएको प्रश्नको जवाफ दिदै जनतालाई काम गरेर देखाउने बताएका छन । काम भन्दा बढी बच्चालाई शिक्षा दिनमा जोड दिन उपमेयले जोड दिएका छिन । साजिर मंसुरले सञ्चालन गरेको कार्यक्रममा सञ्जालको कलेया संयोजक मुकेश साह , महिला अधिकारकर्मी शिला साह , कार्यपालीका सदस्य इन्दु देवी पटेल , वार्ड सदस्य ललिता देवी पासवान लगायतको सहभागता रहेकोमा मंचको मुकेश यादवले सहजिकण गरेका छन ।
Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश