CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुनाको घाँटी कसिएर तथा विजयको झुन्डिएर मृत्यु : पोस्टमार्टम प्रतिवेदन

फेटा GP PSA
627
सिम्रौन्गढ़ नपा psa

काठमाडौं । ललितपुरको सानेपामा गत माघ २७ गते पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखेपनि अझै रहस्य पत्ता लगाउन सकेको छैन ।

घटनाको एक हप्तासम्म पनि कार्कीको हत्या र चौधरीको आत्महत्याको कारण रहस्मय नै छ । दुवै जनाको पोस्टमार्टम रिपोर्ट प्रहरीको हातमा पुगेपनि घटना रहस्यमय भएकाले प्रहरीलाई केस सल्टाउन मुस्किल परेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोस्टमार्टम रिपोर्टमा कार्कीको मृत्युको कारण स्ट्रांगुलेसन (घाँटी थिचिएका कारण)भएको उल्लेख छ । यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकोमा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्ट आउनुअघि नै दाबी गरेको थियो । प्रहरीले घटनास्थलमा प्राप्त सीसीटीभी फुटेजको विश्लेषणको आधारमा यस्तो दावी गरेको थियो ।

कार्कीको हत्यापछि चौधरीले आत्महत्या गरेको स्पष्ट भइसकेपनि घटना हुनुको पछाडिको कारण पहिल्याउने तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत गरिएको छ । तर, पनि घटनाको कारण अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।

चौधरीले ‘मालिक्नी’ मुनाको हत्यापछि आत्महत्या गरेको प्रहरीले सजिलै भनिरहेको छ । तर, यस्तो अपराधको कारणबारे चाहिँ प्रहरी पनि केही बताउन सकेको छैन ।

प्रहरीका अनुसार कहिँ न कहिँ उनीहरुबीच द्वन्द्व भएको हुनसक्छ । सात वर्ष कार्कीको घरमा परिवारको सदस्यजस्तो भएर बसेका विजयले के कारणले आफ्नै मालिक्नीको हत्या गरे त्यसै भन्न नसकिले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राई बताउँछन् ।

Karaiya Mai Notice Winter

‘चौधरीलाई चिन्ने छिमेकीहरुलाई पनि सोधपुछ गरिरहेका छाँ । एसएसपी राईले भने, ‘घटनास्थलमा भेटिएका सबै ‘दशी’ परीक्षणको लागि पठाएका छौं । केही दिनमा रिपोर्ट आउला ।’

मुना र विजयले चलाउने गरेको मोबाइल अहिले फरेन्सिक ल्याबमा परीक्षणको क्रममा पठाइएको प्रहरीले बताएको छ । त्यसैबाट हत्याको रहस्य पत्ता लगाउने प्रयासमा प्रहरी छ ।

अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन सोमबार कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि सोधपुछ भइसकेको एसएसपी राईको भनाइ थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीलाई एउटा न एउटा ‘क्लू’ को आवश्यक पर्छ । कार्कीको हत्या गरेपछि आत्महत्या गर्नुअघि चौधरीले किन सुसाइड नोट लेखेर छाडेनन् भन्दै प्रहरीले यतातिर पनि अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार आत्महत्या गर्नुअघि प्रायलेसुसाइड नोट लेख्ने गरेको पाइन्थ्यो ।

घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् भने कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए ।

चौधरीको शव परिवारले दाङमै लगेर अन्तिम संस्कार गरिसकेको छ भने मुनाको पनि परिवारले अन्तिम दाहसंस्कार गरिसकेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश