CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्थानिय श्रोत क्षमतावाट विकास र समृद्धिको आधार खोज्नुपर्ने गुल्मीको मुसिकोट नगरप्रमुख सापकोटाको भनाई

फेटा GP PSA
609
सिम्रौन्गढ़ नपा psa

८ फागुनवा गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोटवाट धेरै देश तथा देशका विभिन्न स्थानमा पुगेका दाजुभाईको योग्यता, क्षमता र चाहना वाट नगरको विकास र समृद्धिको आधार खोज्नुपर्ने बताउनु भएको छ।

वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिको आयोजनामा वामी टक्सारमा भएको वादविवाद प्रतियोगीताको उद्घाटन कार्यक्रममा वोल्दै मेयर सापकोटाले वैदेशिक रोजगारीमा पुगेका तथा देशका विभिन्न भागमा दक्षता प्रदर्शन गरिरहेका युवाहरु मुसिकोट समृद्धिमा आवश्यक भएको र त्यसैको लागी बौद्धिक सम्मेलन गरिएको बताउनु भएको छ। प्राविधिक शिक्षाको विकास बाट समृद्धिको बाटो तयहुने भन्दै प्रमुख सापकोटाले मुसिकोटमा प्राविधिक कक्षा सञ्चालन गर्ने विद्यालयलाई ५० लाख सहयोग गर्ने बताउनु भएको छ। कार्यक्रममा महेन्द्र आदर्श नमुना मावि वामीटक्सारका प्रधानाध्यापक बुद्धि प्रसाद शर्मा, मुल्यांकन समितिका संयोजक टिकाराम खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विभिन्न ८ विद्यालयको सहभागिता रहेको सो प्रतियोगीतामा नेपाल राष्ट्रिय मावि मुसिकोट नगरपालिका ५, इन्द्रेगौंडा प्रथम, त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङ द्धितिय तथा जनज्योती मावि मुसिकोट नगरपालिका १, अरेवा र युनिक चिल्ड्रेन एकेडेमी मुसिकोट नगरपालिका ६, भुवाचिदि तृतिय भएका थिए भने उत्कृष्ट वक्ताको रुपमा दुर्गा भवन मावि मुसिकोट नगरपालिका ५ आँपचौरका रोशन वि।क। पुरस्कृत भएका थिए। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गरेको देश व्यापी वक्तृत्वकला प्रतियोगीतामा प्रथम हुन सफल विक्रम पन्थीलाई सम्मान गरिएको थियो भने कलाकार मिनु विसि लगाएतको प्रस्तुति पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रम समितिका अध्यक्ष बैकुण्ठ रायमाझिको अध्यक्षता, वामी विश्व सम्पर्क मञ्चका कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य तथा सचिव रामचन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। वामी विश्व सम्पर्क मञ्चले विभिन्न उपसमितिहरु मार्फत वामी क्षेत्रमा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश