CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

१०३ बर्षिया बृद्धकाे सम्मान गर्दै बज्जिका भाषा विकास समारोह सम्पन्न ।

१०३ बर्षिया बृद्धकाे सम्मान गर्दै बज्जिका भाषा विकास समारोह सम्पन्न ।

Pheta Chhath Shubhakamana
1,367
Bara Gadhi Notice winter

गरुडा संवाददाता
अन्तराष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा १०३ बर्षिय बृद्ध महिलालाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भेल सम्पन्न भएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको १ सय बर्ष भन्दा बढी उमेर पुगेका हजारी देवी र सम्दी देवीलाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह गौरमा सम्पन्न भएको छ ।
ग्रामिण शिक्षा विकास नेपाल (रेड नेपाल) द्धारा शुक्रवार रौतहट सदरमुकाम गौर स्थित व्यारक मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकाँश वक्ताहरुले रौतहट, वारा र सर्लाही जिल्लामा बोलिने बज्जिका मातृभाषाको रुपमा रहेपनि यसले खासै गति नलिएको बताए ।
भाषाको विकासका लागि जिल्लाको विभिन्न स्थानीय तहको सकारात्मक सोच हुनु जरुरी हुनुपर्ने छ । भाषा संस्कृतिको विकासको लागि स्थानीय तहहरुबाट सकारात्मक सन्देश दिन स्थानीय भाषालाई बढी महत्व दिनुपर्नेमा जोड दिए ।
विभिन्न स्थानीय तहहरुले नियमावली बनाएर बज्जिका भाषालाई विद्यालय शिक्षाको पठ्यक्रममा समावेश गरेमा यसले गुणात्मक रुपमा विकसित हुने उनीहरुले बताए । मधेशमा रहेका किसानहरुका पुरानो रितिरिवाजलाई कायम राख्न तथा आउने भावी पुस्तालाई जानकारी गराउनका निमित्त लोप हुदै गएका संस्कृतिहरुलाई संघ्रालयमा राखेर संरक्षित गर्न सुझाव दिदै वक्ताहरुले अहिलेको युगमा परम्परागत अबशेषहरु ओझेलमा पर्दै गएको हुँदा त्यसलाई संरक्षित गरेर राख्ने दायित्व युवा पुस्ता माथि रहेकोमा समयमै सुरक्षित राख्नुपर्ने विचार व्यक्त गरे ।
राजदेवी नगरपालिकाको प्रमुख धिरेन्द्र कुमार सिंह, गरुडा नपाका प्रमुख इन्दुराय यादव, यमुनामाई गापाको उपाध्यक्ष गिताकुमारी साह, समाजवादी पार्टीका प्रदेश सदस्य बृजकिशोर यादव, पूर्व प्रधानाध्यापक योगेन्द्र प्रसाद यादव, दिपेन्द्र ठाकुर, श्यामचन्द्रांशु, रामसागर साह, श्याम विहारी यादव, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष रविन्द्र साह, गाेरखा पत्रका बज्जिका पृष्ठका संपादक संजय साह, उप संपादक समताेलिया देवी लगायतका वक्ताहरुले आफनो धर्म संस्कृति जस्तै बज्जिका भाषा मातृ भाषा रहेकोमा यसको संरक्षण, सम्बर्धन तथा विकासको नयाँ उचाईमा पुर्याउन तपाई हाम्रो दायित्व रहेको बताए ।
ग्रामिण शिक्षा विकास नेपालको अध्यक्ष रामा यादवको सभापतित्वमा सम्पन्न बज्जिका भाषा विकास समारोहमा मधेशको संस्कृतिहरु झल्किने खालको सास्कृति कार्यक्रम प्रस्तुत गरियो भने लोप हुदै गएको खुदक्क, सिंघा, डम्फ, बाँसुरी जस्ता बाजाहरु बजाएर उपस्थित भएका जनताहरुलाई मनोरंजन प्रदान गरिएको जानकारी जयप्रकाश यादवले दिए ।
कार्यक्रममा लाेप हुदै गएका सामग्रीहरु पनलकि, हलाे, जुवा, बाकस, घरेलु प्रयाेग हुने सामग्रीहरु, माटाका भाडाहरु, काठबाट बनेका सामग्रीहरु लगायत दर्जनौं सामग्रीकाे प्रर्दशन गरिएको थियोे ।
बज्जिका भाषामा याेगदान गरेकाहरुलाई गमछा, साल, धाेती, साडी लगायतका परिहरण तथा सम्मान पत्रबाट समानित गरिएको थियोे ।

Baiju sah