CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेसको छोरीपनि फुटबल खेलमा अगाडि बढ्दा सिना ५६ ईन्चको हुँदै : मन्त्री साह

फेटा GP PSA
2,284
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।फागुन १३।  प्रदेश नंबर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरी वहिनी फुटवाल खेल खेलेको देखेर छाती ५६ इन्च भएको बताएका छन । रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने उदेश्यले स्थानीय विकास केन्द्रले आयोजना गरेको पालिका स्तरीय महिला फुटवाल रौतहट गोल्ड प्रतियोगिताको उद्घाटन समारोहलाइ सम्वोधन गर्दै मन्त्री साहले शिक्षा ,स्वास्थ्यको क्षेत्रमा पछि परेका रौतहटको मधेशी समुदायको महिला फुटवाल खेल्दा गौरवान्वित भएको बताए । संघीय सरकारले शिक्षाको अधिकार स्थानीय तह र प्रदेश सरकारको जिम्मा दिएर कटौती गर्न लागिएको आरोप लगाए ।

प्रदेश २ लाइ पछि पार्ने सडयंत्र भैरहेकोले आन्दोलनको तयारी समेत गरिरहेको जनाउँदै मन्त्री साहले प्रदेश सरकारको बेटी पढ़ाउ ,बेटी बचाऊ अभियानलाइ यो प्रतियोगिताले टेवा पुर्याएको उल्लेख गरे । अधिकारको लड़ाई जारी रहेको जिकिर गरे । उनले भने जति गरे पनि पछि हटने छैनौ । आमाको गर्भ देखि मृत्यु सम्मको कार्य सामाजिक विकास मन्त्रालयको जिम्मा रहेको बताउँदै मन्त्री साहले छोरीहरुको लागि गौर राइस मिलको जग्गा अधिग्रहण गर्नु पर्ने एक मात्र विकल्प रहेको बताए । गौर राइस मिलको जग्गा खेलकूदको लागि उपयोगी रहेकोले यसलाई जति छिटो भए अधिग्रहण गर्न मुख्यमन्त्रीलाइ आग्रह गर्ने उहाको भनाइ रहेको छ । कार्यक्रममा प्रदेश सांसद रामकिशोर यादवले मधेशी महिलाको विकासको लागि प्रदेश सरकारले खुलेर लगानी गरिरहेको बताएका छन । उनले रौतहटको शिक्षा ,स्वास्थ्य ,खेलकूदको लागि ध्यान पुर्याउनु पर्ने उल्लेख गरे । छोरीहरुको सुरक्षा अहिले जटिल समस्या बन्दै गएकोले सरकारले सुरक्षाको अनुभुति गराउनु पर्ने धारण राखे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


सांसद बावुलाल साहले प्रदेश सरकारले राईस मिलको जग्गा अधिग्रहण गर्नुपर्ने जोड दिएका छन । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले महिलाहरुको विकासको लागी आफु प्रतिवद्ध रहेको बताएका छन । उनले नगरको शिक्षा , स्वास्थ्य, खेलकुदको विकास पहिलो प्राथमिकता रहेको जिकिर गरे । दिनेश यादवको सभापतित्वमा सम्पन्न भएको उदघाटन कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर, गरुडा नगरपालिकाका उपप्रमुख रंगिला देवी जयसवाल, गौर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुमन कार्की , दुर्गा भगवती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव , नगरपालिकाको प्रवक्ता शेख जमशैद , संघिय समाजवादी फोरम नेपालका रामेश्वर प्रसाद यादव , राजपाका नेता तथा पुर्व उपप्रमुख इसराइल अंसारी , वडा अध्यक्ष राकेश झा , राजपाका विधार्थी नेता ओम प्रकाश साह मधेशिया लगायतका व्यक्ति सहभागि भएका थिए ।

पहिलो उदघाटन मैचमा ० का विरुद्ध ५ गोलले गौर नगरपालिका विजयी भएका छन । देवाही गोनाही नगरपालिकालाई गौर नगरपालिकाले पराजित गरेको हो । गौर नगरपालिकाका तर्फवाट मोनिका पटेल २ गोल गरेकी थिईन भने सोनी पटेल, रिनिका यादव , निशा पटेलले एक एक गोल गरेका थिए । ८० मिनेटको खेलमा विपक्षी टिम देवाही गोनाहीले एक वटा पनि गोल गर्न सकेका थिएन । उदघाटन पछि मन्त्री साहले राजदेवी नगरपालिका ७ मुडवलवा स्थित नेमधारी वासुदेव नमुना माध्यमिक विधालयको अनुगमन निरिक्षण गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश