CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

दाजुभाईको यातनाको सीमा नाघ्दै, सुनिल राति अबेरसम्म घर बाहिर बस्न बाध्य

Pheta Chhath Shubhakamana
584
Bara Gadhi Notice winter

वीरगन्ज (पर्सा), १२ फागुन ।
वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथिको तीन दाजुभाईको यातना दिन प्रतिदिन बढ्दै गएको छ । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन नसक्ने अवस्थामा पुगेका छन् । तिनै जना दाजुभाईले घर अगाडि राति अबेरसम्म धर्ना दिएर बसेको कारण आफू घरमा प्रवेश गर्न नसकेको पीडित सुनिल खण्डेलवालको आरोप छ ।
जिल्ला अदालत पर्सामा अँश मुद्दा विचाराधीन रहेको अवस्थामा तिनै दाजुभाईबाट मानसिक तथा शारिरिक यातना खेप्दै आएका सुनिल अहिले दाजुभाईको आतँकबाट झन पीडित बनेका छन् । तिनैजना दाजुभाई मिली विगत १ वर्ष देखि शारिरिक तथा मानसिक यातना दिदै आएको सुनिलको आरोप छ । तिनै दाजुभाई मिली सुनिललाई कुटपिट गर्नुका साथै घरमा ताल्चा लगाएर सुनिललाई परिवार सहित घर बाहिर बस्न बाध्य गर्नु, घरको बीचै भागमा पर्खाल खडा गर्नु, शौचालयमा ताल्चा लगाउनु, कुटपिट गर्नु, किचिनमा पस्न नदिनु जस्ता क्रियाकलापहरु गर्र्दै आएका छन् ।


तिनै दाजुभाई विगत पाँच महिनादेखि त्यो घर छाडी शालिमार होम्समा फ्लेट किनेर बसिरहेका छन् । आफनो कब्जा गरी राखेको व्यापारको कार्यालय पनी अन्यत्र सारेका छन । सुनिल मात्र आफनो परिवारसँग त्यस घरमा बस्दै आएका कारण विवाद केही दिन शान्त रहेपनि अचानक शनिबारदेखि पुनः यो विवाद सुरु भएको छ । सुनिलले एक्लै घरमा कब्जा गरेर बसेको भन्दै तीनै जना दाजुभाईले आइतबार घरको झ्याल फुटाएर घरमा प्रवेश गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद उत्पन्न भएपछि तत्काल घटना स्थल पुगेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी टोलीले दुबै पक्षलाई वडा प्रहरी कार्यालय वीर्तामा उपस्थिति गराई अबदेखि दुबै पक्षबीच झैझगडा नगर्ने भनेर लिखित सहमति भएको थियो र घरमा कुनै पक्षले ताल्चा लगाएको छ भने आफ्नो सम्पत्ति भएको कारण फोडेर पनि घरमा प्रवेश गर्न सक्ने भएकोले तीन दाजुभाई मिली झ्याल फुटाई घरभित्र प्रवेश गरेका थिए । यति हुँदाहुँदै सोमबार पुनः विवाद उत्पन्न भयो ।

Karaiya Mai Notice Winter


तीन दाजुभाईका कामदारहरु घरको कोठाहरुमा लगाइएको ताल्चालाई अन्धाधुन्ध फोड्न खोज्दा आफूमाथि दुव्र्यवहार हुन सक्ने भन्दै सुनिलका श्रीमतीले त्यहाँ राखिएको पेट्रोललाई खन्याई दिएपछि प्रहरीले उनीलाई वडा प्रहरीमा लगेको थियो । केही बेरको छलफल पश्चात सुनिलकी श्रीमतीलाई प्रहरीले आफ्नो घर जान भनेपछि घरमा आउँदा तिनै दाजुभाईका कामदाहरुले घर अगाडि धर्नामा बसेको कारण आफूहरु घरभित्र प्रवेश गर्न नसकेर बाहिरै बसेको सुनिलले आरोप लगाए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

तर सुनिलका तीन दाजुभाई मध्ये सचिन खण्डेलवालले भने घरलाई सुनिलले कब्जा गरेर राखेको कारण आफूहरु प्रवेश गर्न नसकेको बताए ।
तर पशुपति, राजेश तथा सचिन खण्डेलवाल तीन दाजुभाई घर छाडेर विगत पाँच महिनादेखि नै शालिमार होम्समा बस्दै आएका छन् । तीन दाजुभाईलाई पर्सा जिला अदालतबाट बिगतमा सुनिल माथि कुटपिट अंगभंग गरेको अभियोगमा पक्राउ पुर्जी पनि जारी भएको र तारेखमा जमानतको कागजात लिएर प्रहरी प्रशासनबाट उम्कि रहेका छन् ।

Baiju sah