CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

न्यू सञ्जय ट्रेडर्सद्वारा भ्याट र आयकर छली

न्यू सञ्जय ट्रेडर्सद्वारा भ्याट र आयकर छली न्यू सञ्जय ट्रेडर्सद्वारा भ्याट र आयकर छली

Pheta Chhath Shubhakamana
1,051
Bara Gadhi Notice winter

विराटनगर, फागुन १४

विराटनगरमा व्यापारिक घरानाका कारोबारीबाट सरकारलाई बुझाउने राजस्व ठगी गर्नु सामन्यजस्तै बनेको अवस्थामा एकाध सगोल परिवारका नाममा विभिन्न फर्म दर्ता गरी राजस्व ठगी हुँदै आएको नयाँ तथ्य खुलेको छ । विराटनगरको मेनरोडमा सञ्चालन हुँदै आएको न्यू सञ्जय ट्रेडर्सले आफ्नो फर्मबाट १५ लाखभन्दा कमको व्यापारिक कारोबार विवरण देखाएर डेवानअन्तर्गत वार्षिक पाँच हजार राजस्व बुझाएर कारोबार गरेको रहस्य खुलेको हो । उक्त न्यू सञ्जय ट्रेडर्सले एउटा फर्मबाट न्यून कारोबार देखाएर व्यापारिक कारोबार गर्दै आएकोमा राजस्व ठगीको रहस्य खुल्ने त्रासका कारण एकाध सगोलकै अर्को व्यक्तिको नाममा ६ वर्षपछि पुनः अर्को फर्म दर्ता गरी निर्वाध कारोबार गरेको पाइएको हो । समाचार स्रोतका अनुसार २०५९ साल असोजमा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३०११८७१९० नम्बरमा दर्ता कायम रहेको न्यू सञ्जय ट्रेडर्सले आफ्नो कारोबार लामो समयदेखि पान नम्बरकै भरमा सञ्चालन गर्दै आएको छ । उक्त फर्मको नाममा कारोबार बढ्दै गएपछि राजस्व ठगीको रहस्य खुल्ने त्रासका कारण सञ्चालकले छ वर्षपछि अर्को फर्म दर्ता गरी अहिलेसम्म पनि निर्वाधरूपमा राजस्व ठगी गरेको दाबी स्रोतले गरेको छ ।

Karaiya Mai Notice Winter

न्यू सञ्जय ट्रेडर्सका सञ्चालक सञ्जयकुमार वैद्य दश वर्षदेखि भारतको हरियाणामा व्यापार गर्दै आएका छन् । तर, विराटनगरमा व्यापारिक कारोबार उनका सहोदर दाजु अजय वैद्यले सञ्चालन गर्दै आएको पाइएको छ । भाइ पनि नभएको अवस्थामा व्यापारिक कारोबारको रहस्य खुल्ने त्रासका कारण सञ्चालक वैद्यले एकाध सगोलको शान्ता वैद्यको नामबाट श्री बासुकी इन्टरप्राइजेजको नाममा फर्म दर्ता गरी २०६५ साल चैत्रमा ३०३३२४९७३ को भ्याट दर्तासमेत गरेको आन्तरिक राजस्व कार्यालयस्रोतले बताएका छ । निर्वाध रूपमा छ वर्षसम्म करोडौँको काम गरेर पनि वार्षिक १५ लाखभन्दा कमको वार्षिक विवरण बुझाउँदै आएका वैद्यले विराटनगरसहित प्रदेश एकभरि नै आफ्नो कारोबारको सञ्जाल बनाएको कुरा जानकाहरूले बताउने गर्दछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात हुँदै आएको काजु, किसमिस, बदामलगायत ड्राइफुड्सको इम्पोर्ट गर्दै आएका वैद्यले सरकारलाई कौडीको राजस्व बुझाएर करोडौँको मुनाफा कमाएको दाबी पनि स्रोतहरूले गरेको छ । बिक्री नै कम देखाएपछि आयकर समेत नलाग्ने निश्चित भएपछि खुलेयाम व्यापार गर्दै आएका वैद्यलाई अब आन्तरिक राजस्व कार्यालयबाट मिसम्यासमा कारबाही अगाडि बढाएर राजस्वको दायरमा ल्याउनेबाहेक अर्को विकल्पसमेत नभएको कुरा जानकारहरूले बताउने गरेका छन् । वैद्यले दुई फर्म दर्ता गरी एउटा फर्मलाई घाटा देखाएर अर्को फर्ममार्फत एक करोडभन्दा माथिको कारोबार मात्र देखाएपछि उच्च निगरानीमा परेको कुरा राजस्व स्रोतले बताएका छ । कारबाहीका विषयमा के हुने भन्ने विषयमा अहिले नै केही भन्न नसकिने अवस्था रहेको कुरा कर्मचारी स्रोतले जानकारी दिएका छ । वैद्यले निर्वाधरूपमा कारोबार गरी करोडौँको भ्याट छली गर्दै आयकरमा समेत व्यापक ठगी भएको दाबीसमेत समाचारस्रोतले गरेको छ ।

आर्थिक दैनिक साभार

Baiju sah