CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिडर्स स्कूलले संस्थापक जयसवाल लाई रथारोहन सहित गरे सम्मान

फेटा GP PSA
1,359
सिम्रौन्गढ़ नपा psa

बिकाश पाण्डे रौतहट फाल्गुन २३ गते

रौतहट गरुडाको प्रतिष्ठित व्यक्तित्व एवं समाजसेवी वंशीराम जयसवालको ८४ वर्षको उमेरमा शुक्रवार रथारोहणसँगै सम्मान पनि गरिएको छ । जिल्लाको मध्य भाग गरुडामा संचालित द रिडर्स इन्टरनेशनल बोर्डिङले समाजसेवी जयसवालको विशिष्ट सम्मान गरेको हो । २०५२ सालमा आफ्नै जग्गामा अनाथालय स्थापना गरी जयसवालले अनाथ तथा विपन्न बालबालिकालाई खाना, आवास तथा शिक्षादीक्षा र अभिभावकत्व प्रदान गर्दै आईरहनुभएको छ । जयसवालले खासगरी यो संसारमा कोहि पनि नहुने बच्चाहरुलाई आफना अनाथालयमा राखेर पालनपोषण गर्नुका साथै शिक्षा पनि प्रदान गर्दैआईरहनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अनाथालयमा बसेर अध्ययन गरेका बालबालिकाहरु विदेशका विश्वविद्यालयमा पनि उत्कृष्ट स्थान हासिल गरेका छन् भने नेपाल तथा भारतको विभिन्न सरकारी सेवामा पनि पुग्न सफल भएका छन् । आफू पनि अनाथ बालबालिकासँगै अनाथालयमै सादगी जीवन बिताइरहेका जयसवालले सम्मान ग्रहण गर्दै आफ्नो जीवन सफल भएको बताउनुभएको छ । अहिले पनि अनाथलायमा ३४ जना बालबालिका रहेका छन् ।

Karaiya Mai Notice Winter

सबै बालबालिका अनाथालय प्रावि र श्री मावि गरुडामा अध्ययन गरिरहेका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिसितको सहयोग माग्दै अनाथ बालबालिकाको सेवामा जीवन अर्पण गरेका जयसवाललाई रथमा बसालेर बाजागाजासहित गरुडा बजार परिक्रमा गराइएको थियो भने बोर्डिङको प्रांगणमा भव्य समारोहको आयोजन गरी अनाथालयलाई विशेष योग्दान पुरयाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवी तथा संचारकर्मीलाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा अनाथालयको लागि विशेष योग्दान पुरयाएको भन्दै रेडियो मधेश मसला को स्टेशन मैनेजेर तथा जनकपुर टुडेकापत्रकार मनोज चौधरी, द हिमालयन टाइम्स का प्रभात झा , एभिन्युज टेलिविजनकर्मी गौतम श्रेष्ठ , अन्नपुर्ण पोस्ट का फनी महत, हिमाल खबर का संजय मित्र ,गोरखापत्रकर्मी कृष्ण तिवारी, कान्तिपुर टेलिविजनकर्मी राजेश्वर पाण्डेय , संगम खबरका रौतहट संवाददाता ओम प्रकाश यादव लगाएतका पत्रकारहरुलाई पनि सम्मानित गरिएको छ ।

कार्यकम मा स्कूलका फाउन्डर तथा प्रिनिसीपल दिगम्बर यादव ले जयसवाल लाई सम्मानित गर्दा आफु लाई धेरै खुशी लागेको र अनाथालय मा रहेको एक जना छात्रा र एक जना छात्र लाई बिद्यालय ले निसुल्क शिक्षा प्रदान गर्ने उदघोष समेत गरेका हुन् lकार्यकम मा बिद्यालय का कर्मचारी ,शिक्षक ,अभिवाबक,ब्यापारी ,विद्यार्थी लगायत का उपस्तिथी रहेको कार्यकम लाई बिद्यालय का फाउन्डर सदस्य अर्जुन गिरि ले संचालन गरेका थिए l

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश