CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

फेटा GP PSA
1,223
सिम्रौन्गढ़ नपा psa

एजेन्सी ।
नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।
कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ ।
उक्त निर्णय कोरोनाभाइरस (कोभिड–१९) लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।
जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।
‘यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ।’
कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

Baiju sah