

रौतहट, संवाददाता
छिमेकी मुलुकहरुमा नोवेल कोरोना भाईरसको संक्रमण देखिरहेको अवस्थामा भारतसंगको खुल्ला सीमाना रहेको र आउँदै गरेको पर्व फागु पुर्णिमाको अवसरमा जिल्ला बाहिर रहेका व्यक्तिहरु ठुलो संख्यामा जिल्ला भित्र चाँड मनाउन आउने क्रम बढे संगै कुनै किसिमको संक्रमण भित्रिएमा वा अन्य व्यक्तिलाई सरेमा त्यसबाट ठुलो विपद् निम्तिन नदिनका निमित्त समुदाय-प्रहरी साझेदारी (Community-Police Partnership) कार्यक्रम अवधारण अनुरुप जिल्ला रौतहट गौर नगरपालिका वडा नं.-०२ स्थित गौर भन्सारको क्रान्ति गेटमा गौर नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय रौतहट सामुदायिक शाखाको सहकार्यमा स्वास्थ्यकर्मी सहितको नोवेल कोरोना भाईरस हेल्प डेस्क संचालन गरी भारततर्फ बाट नेपाल प्रवेश गर्ने महिला१५० र पुरुष ३५० गरी कुल जम्मा ५०० जना र १३:०० बजेको समयमा जि.रौतहट बौधिमाई नं.पा.-७ स्थित भंसार गेटमा बौधिमाई न.पा.को आयोजना र प्र.चौ. बंकुल, सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थयकर्मी सहितको Help Desk संचालन गरी भारततर्फ बाट नेपाल प्रवेश गर्ने महिला २० र पुरुष ३० गरी कुल जम्मा ५० जनालाई लाई चेकजाँच, नोवेल कोरोना भाईरससंग सम्बन्धित सचेतनामुलक सन्देश, जानकारी, सतर्कता सम्बन्धी तौर तरिका समेत प्रदान गरी समाप्त भए ।U
