CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

गुल्मीमा कोरोना भाईरसको चेक जाँच गर्न हेल्प डेक्स स्थापना गरिने

फेटा GP PSA
662
सिम्रौन्गढ़ नपा psa


बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबशयक सूचना र उपचारको व्यावस्थापन गरिने भएको छ ।

आइतवार जिल्ला सदरमुकाम तम्घासमा स्वस्थ्य कार्यालय गुल्मीको आयोजनामा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर बिभिन्न निर्णयहरु गरेको हो ।जिल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुको सहभागितामा गरिएको छलफलले स्वास्थ्य कार्यालय तथा जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले बताए ।

Karaiya Mai Notice Winter

जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यावस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलिले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

होलीमा सार्बजनिक कार्यक्रममा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गुल्मीले नेपालीहरुको महान पर्वको रपमा मनाइने होली पर्वमा सार्बजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले होलीमा सार्बजनिक कार्यक्रमको आयोजना नगर्न र लोला पानीको फोहोरा हान्न प्रतिबन्ध गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए । प्रशासनले सार्बजनिक रुपमा भिडभाड नहुने गरि सभ्य तरिकाले होली पर्व मनाउन आग्रह समेत गरेको छ । प्रशासनले नेपाल सरकार स्वस्थ्य जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढने भन्दै धेरै मानिस उपस्थित हुने सभा,महोत्सव, सम्मेलन, शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्बजनिक सूचनामा उल्लेख छ । सूचनामा धेरै मानिस उपस्थित हुने समारोहमा उपस्थित नहुन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

Baiju sah